ताजा समाचार

स्कुल भ्यान दुर्घटना हुँदा ६ जना घाइते

विराटनगरमा स्कुल भ्यान दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन्। आज विहान ११ बजे श्रीराम बोर्डिङ स्कुल नजिकै भ्यान दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

प्रहरीका अनुसार १ च ७०३४ नम्बरको भ्यान बिहीबार बिहान ११ बजे दुर्घटनामा परेको हो । तीव्र गतिका कारण भ्यान दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ।

दुर्घटनापछि भ्यानका चालक विराटनगर—१४ का वीरेन्द्र महतो फरार रहेकाले उनको खोजि भइरहेको प्रहरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org