ताजा समाचार

संसदबाटै विधेयक पास गरि छाड्छौँः सञ्चारमन्त्री

काठमाडौं ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बास्कोटाले चिकित्सा शिक्षा विधेयक संसदबाट कुनै पनि हालतमा पास गरिछाड्ने बताएका छन् ।

मन्त्रीपरिषद निर्णयहरु सार्वजनिक गर्दै बास्कोटाले विधेयकले डा. गोविन्द केसीका मागहरु शत प्रतिशत पूरा हुने दाबी गर्दै विधेयक फिर्ता लिने वा हुने सम्भावना नरहेको बताए ।

मन्त्री बास्कोटाले भने, अरु मुद्दा किन मिसाइएको ? यति मेडिकल शिक्षाको सुधारतर्फ हो भने यति नै भविश्यका निम्ति पर्याप्त नहोला तर, आजको हकमा यो पर्याप्त छ । उहाँको मुद्दा सम्बोधन भएको छ । अनसन बस्न आवश्यक छैन ।’

सरकारले के गर्छ भन्ने प्रश्नमा सञ्चारमन्त्री बास्कोटाले अधिनायकवाद भने पनि, दुई तिहाईको दम्भ भने पनि चिकित्सा शिक्षा विधेयक पास हुने प्रष्ट पारे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org