ताजा समाचार

आफैँले जन्माएको शिशु बेवारिसे फाल्ने महिला पक्राउ

लहान ।

आफैँले जन्माएको शिशु बेवारिसे फालेको आरोपमा प्रहरीले आज सिरहाको गोलबजार नगरपालिकाबाट एक महिलालाई पक्राउ गरेको छ ।

गोलबजार नगरपालिका– ८ सिडियोटोल नजिकै रहेको आँपको बगैँचामा परालको कुन्यूमा बेवारिसे नवजात शिशु फेलापरेपछि अनुसन्धान गर्दा गोलबजार नगरपालिका– ११ बल्कवा निवासी २८ वर्षीया पिङ्की सदायले नै फालेको पुष्ठी भएकाले उनलाई पक्राउ गरिएको सिरहा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शिशुलाई आमा पिङ्कीकै जिम्मा रहने गरी उनीविरुद्ध मुद्दा चलाइएको उक्त कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

शिशु जन्माएको १२औँ दिनमा शिशु फालेकीले आजै उनीमुद्दा सिरहा जिल्ला अदालतमा मुद्दा दायर गरी अनुसन्धानका लागि म्याद थप गराइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org