ताजा समाचार

कांग्रेसको आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं । नेपाली कांग्रेसले अहिले केहीबेरपछि आकस्मिक पत्रकार सम्मेलन गर्दैछ । संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि कांग्रेसले आकस्मिक पत्रकार सम्मेलन गर्न लागेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार अनसनरत डा .गोविन्द केसीसँग १५ औं अनसनका बेला भएको सहमतिविपरीत विधेयक पारित भएसँगै कांग्रेसले आफ्नो आधिकारीक धारणा सार्जजनिक गर्न सम्मेलन डाँकेको हो ।

कांग्रेसको विरोधका बाबजुद आज प्रतिनिधिसभाको बैठकबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ पारित भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org