ताजा समाचार

अनसन रोकिन्न: डा. केसी

काठमाडौं ।

सत्तारुढ दलले चिकित्सा शिक्षा विधेयक संसदबाट बलपूर्वक पारित गरेपनि आफ्नो अनसन जारी रहने डा. गोविन्द केसीले बताएका छन् । केसीले विधेयक पारित हुनुलाई ३ करोड नेपालीमाथिको धोका भएको समेत प्रतिक्रिया दिएका छन्।

अनसनस्थलबाट संक्षिप्त प्रतिक्रिया दिँदै डा केसीले चिकित्सा शिक्षा सुधारका लागि अनसन निरन्तर रहने बताए ।

डा. केसी १६ चरणको १७औ दिनमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनसन बसेका छन्। केसीले केही बेरमा पत्रकार सम्मेलन गरेर अबको आन्दोलन कस्तो हुने भन्ने विषयमा जानकारी दिने उनका सहयोगिले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org