ताजा समाचार

बालिका अपहरणमा संलग्न २ जना अपहरणकारी फिरौती रकमसहित पक्राउ

काठमाडौंको कोटेश्वर महादेवस्थानबाट २ वर्षीया बालिकालाई अपहरण गर्ने मध्येका २ जना जनकपुरबाट डेढ लाख नगदसहित पक्राउ परेका छन्।

जनकपुर स्थायी घर भएकी राजधानीको थापाथलीस्थित प्रसूति गृहकी चिकित्सक बबिता साहकी २ वर्षकी छोरी सन्दिज्ञा साह शुक्रबार बिहान ८ बजे अपहरणमा परेकी थिइन्।

प्रहरीले बालिकालाई सकुशल अपहरणमुक्त गराइसकेको छ। बालिका अपहरणपछि फिरौतीको रकमसमेत उठाइसकेका २ जनालाई जनकपुरबाट पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।

जनकपुरको नमस्कार चोकबाट प्रहरीले अपहरणमा संलग्न आरती गुप्ता र बब्लु श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरुको साथबाट अपहरणबाट असुली गरिएको डेढ लाख नगद पनि बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उपरीक्षक थपलियाले बताए।

आज बिहान ८ बजे कोटेश्वर महादेवस्थानबाट अपहरणमा परेकी २ वर्षीया बालिकालाई अपहरणकारीले ८ घण्टापछि तिलगंगास्थित गणेश होटल अगाडि सडकमै छाडेर भागेपछि प्रहरीले उद्धार गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org