ताजा समाचार

गम्भिर घाइते प्रमुख जिल्ला अधिकारीलाई काठमाडौं ल्याइयो

काठमाडौं ।

सवारी दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

ग्रान्डी अस्पतालका क्रिटिकल केयर स्पेसलिष्ट डा. अजय थापासहितको टोलीले प्रमुख जिल्ला अधिकारी भट्टराईलाई काठमाडौं ल्याएको हो ।

शनिबार बेलुकी ना १ झ १६३३ नम्बरको गाडी दुर्घटनामा परि उनी गम्भिर घाइते भएका थिए । सोही दुर्घटनामा सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु भएको थियो ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा न्युरो सर्जन डाक्टर फिरोज अफजल नेतृत्वको चिकित्सक टोलीले राति नै प्रजिअ भट्टराईको टाउकोको शल्यक्रिया गरी जमेको रगत निकालेको थियो ।

प्रजिअ भट्टराईको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

भट्टराईलाईकैलास हेलिकप्टर सर्भिसेजको ९एन—एजेजे हेलिकप्टरबाट उनलाई काठमाडौं ल्याइएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org