जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा खानेपानीको पाइप फुट्यो, सवारी आवागमनमा बाधा
काठमाडौँ ।
गोकर्णेश्वर नगरपालिका–४ स्थित जोरपाटी–गोकर्ण–सुन्दरीजल मूल सडकमा खानेपानीको ठूलो पाइप फुट्दा सवारी आवागमनमा बाधा पुगेको छ ।
एक साताअघि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी वितरण गर्ने थोक प्रणालीको पाइप बिच्छयाउँदा राम्रोसँग नपुरिएका कारण सुन्दरीजलबाट ल्याइएको वाग्मतीको पानीको पाइप फुटेको हो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाँकालचौर शाखाका प्रमुख उमेशबाबु मरहट्ठाले आजभोलिमै काम सकी सडक बाधारहित रुपमा सञ्चालन हुने बताए ।
चारदिनदेखि शुरु भएको काम नसकिँदा आवतजावतमै समस्या भएको स्थानीयवासीको गुनासो छ । साँघुरो सडकमा पाइप फेर्ने काम गरिँदा सवारी घण्टौँ जाममा पर्ने गरेका छन् । गोकर्णेश्वर महादेव मन्दिर र भगवतीस्थान मन्दिरअघिको साँघुरो सडकमा पाइप फुटेकाले सुन्दरीजल, सुन्ताखान, पाखाथोक, नाम्गेललगायत स्थानबाट रत्नपार्क र रत्नपार्कबाट त्यसतर्फ जाने सवारीको आवागमनमा समस्या भएको स्थानीयवासी श्यामकृष्ण श्रेष्ठले गुनासो गरे ।
नगरपालिकाको वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले लिमिटेडसँग समन्वय गरी आजभोलिमै काम सक्न लागिएको बताउनुभयो । विसं २०५२ मा हाजमा कम्पनीले राखेको ठूलो पाइप निर्देशनालयले राखेको नयाँ पाइपका कारण फुटेको हो । सो पाइपबाट लिमिटेडको महाँकालचौर शाखास्थित पानीपोखरीमा पानी खसाली प्रशोधन गरेर उपत्यकामा वितरण हुने गरेको छ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












