ताजा समाचार

भारु नोट साट्न भारत

डोटी ।

पाँचसय र दुई हजारका भारतीय नोट जिल्लामा नसाटिदा यहाँका बासिन्दा भारतका विभिन्न शहर जाने गरेका छन् । भारतबाट मजदुरी गरी फर्केकाहरु दुई हजार र ५०० भारतीय नोट नसाटिदा मारमा परेका छन् । “भारु नोट भारतमै गएर साट्ने योजना बनाएको छु,” केआइसिंह गाउँपालिका– ५ रानागाउँका सुरेन्द्रविक्रम शाहीले भने ।

गाउँघरमा भारु दुई हजारको नेपाली दुई हजार रुपैयाँका दरले व्यापारीले साट्ने गरेका छन् । लाखौँ भारतीय रुपैयाँ साट्न स्थानीयवासी भारत जाने गरेका छन् । पैसाको स्रोत र गाउँपालिकाको सफिारिश बोकेर नोट साट्न भारत जाने गरेको जोरायल गाउँपालिका– ५ गड्सेराका खेम पातलीले भने । सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भारतमा भारु साट्न जाँदैछु भनेर कसैले पनि सिफारिशका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन नदिएको बताए । उनले भने, “सिफारिश कसैले मागेको छैन, निवेदन आएमा नियमसङ्गत गरेर पठाउँछौँ ।”

१६५ जना भारतमा बेपत्ता

कामका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका १६५ जना बेपत्ता भएका छन् । गैरसरकारी संस्था निड्स नेपालले कञ्चनपुर, अछाम र डोटीमा गरेको अनुसन्धानबाट मजदूरी गर्न भारत गएका उनीहरु बेपत्ता छन् ।

सुरक्षित आप्रवासन र चेलीबेटी बेचबिखन रोकथाम परियोजनाअन्तर्गत तीन जिल्लामा तथ्याङ्क सङ्कलन गरिएको निड्स नेपालका डोटी प्रमुख प्रकाश मडैले जानकारी दिए । हराएकाको खोजी गर्न स्थानीय प्रशासन कार्यालयमा उजुरी नपर्दा समेत यकिन तथ्याङ्क सङ्कलनमा समस्या भइरहेको उनको भनाइ थियो । मडैले भने, “ अन्य जिल्लाको तथ्याङ्क सङ्कलन गरे बेपत्ताको सङ्ख्या बढ्नसक्छ ।”

असिनाबाट तरकारीमा क्षति

हिमपातसँगै असिना परेपछि तरकारीबाली नोक्सान भएको छ । हावाहुरीसहित परेको असिनाले दक्षिणी क्षेत्रका बडिकेदार, बोगटान, जोरायल, केआइसिंहलगायत गाउँपालिकामा गरिएको तरकारीलगायतका अन्यबालीमा नोक्सानी पु¥याएको जोरायलका बासिन्दा रमेश मगरले बताए ।

आइतबार राति करीब डेढ घण्टासम्म हावाहुरीसहित असिना परेपछि बडिकेदार, बोगटान, जोरायल, केआइसिंहलगायत गाउँपालिकामा तरकारीखेती नष्ट भएको जोरायलका रमेश मगरले बताए । असिनाले डोटीको शिखर नगरपालिका, बडिकेदार, बोगटान तथा सायल क्षेत्रमा लगाइएको बालीमा क्षति पु¥याएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org