राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई, गरे यस्तो घोषणा
काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला जितेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बधाई दिएका छन् ।
आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाली टोलीले प्राप्त गरेको सफलताले खेल जगतमा नेपाल उदीयमान शक्तिका रूपमा देखिएको उल्लेख गरेछ । प्रधानमनत्री ओलीले खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिनेमा प्रतिबद्धता समेत व्यक्त गरे ।
बधाई सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, “एक दिवसीय क्रिकेट शृङ्खला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई । अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त यस सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रूपमा देखिएको छ, खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिने विश्वास दिलाउँछु ।”
नेपालले सोमबार यूएईमा जारी तीन खेलको शृङ्खला २–१ ले जित्दै ऐतिहासिक सफलता प्राप्त गरेको थियो ।
Comments
अरु समाचार
-
महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै
काठमाण्डौ।आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा खेल नेपाली समयअनुसार...
-
डेडिकेटेड र ट्रंक लाइन महसुल विवादबारेमा लाल आयोगको प्रतिवेदनमा के छ ?
काठमाण्डौ । सरकारले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादसम्बन्धमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गरेको छ...
-
तेस्रो एकदिवसीय खेलमा अफगानिस्तानले शृङ्खला जित्यो
काठमाडौं । अफगानिस्तानले बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय खेलमा पाँच विकेटको जित हात पारेको छ। अन्तिम खेलमा पाएको सफलतासँगै अफगानिस्तानले शृङ्खला २-१...
-
राउटेको जनसङ्ख्या १ सय ३५ मा झर्यो, अस्तित्व नै सङ्कटमा
सुर्खेत । राउटे समुदायको जनसङ्ख्या एक सय ३५ जनामा झरेको छ । २०७५ सालमा एक सय ४९ जना रहेको राउटेको...
-
मन्त्रालयले पत्र पठाएपछि बक्यौता महसुल उठाउन प्राधिकरणलाई थप सजिलो
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ट्रंक तथा डेडिकेटेड महशुल बक्यौता ‘टाइम अफ द डे’(टीओडी) मिटरका आधारमा उठाउन नेपाल...
-
अख्तियार ऐन संशोधन विधेयक चाँडै संसदमा लैजाने तयारी
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने...
-
उद्योगमा काटिएको बिजुली आज मध्यान्ह १२ बजेसम्म जोड्न सरकारको निर्देशन
काठमाण्डौ । सरकारले उद्योगमा काटिएको बिजुली आज सोमवार मध्यान्ह १२ बजेसम्म जोड्न निर्देशन दिएको छ । हिजो आइतवार बेलुका बसेको...
-
आजबाट कोप–२९ सुरु : नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण
काठमाडौँ : गत साउन ३२ गतेको दिउँसो, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढी आयो । स्थानीयले एक्कासी बाढी...
-
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर
काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...