दश वर्षे गुरुयोजना बनाउँदै बेलौरी नगरपालिका
कञ्चनपुर । कृषिमा आत्मनिर्भर बनाउन कञ्चनपुरको बेलौरी नगरपालिकाले दश वर्षे कृषि गुरुयोजना निर्माणको कार्य अगाडि बढाएको छ ।
कृषि क्षेत्रको समग्र पूर्वाधारको अवस्था, उपलब्ध स्रोत जमीन, सिँचाइ, जलवायु, साधन र मानवशक्तिको सदुपयोग गरी निश्चित विकासको लक्ष्य हासिल गर्न कृषि गुरुयोजना बनाउन लागिएको हो ।
नेपालको संविधानको अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ ९२० ण र द मा नगरपालिकाले आफ्नो क्षेत्रको कृषि, पशुपालन, कृषि उत्पादन व्यवस्थापन तथा समग्र कृषि क्षेत्रको वैज्ञानिक विकासका लागि स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन गर्ने प्रदत्त अधिकार अनुसार प्रतिस्पर्धात्मक व्यावसायिक कृषि प्रणालीको विकासबाट रोजगारी अभिवृद्धि गर्न गुरुयोजना बनाउन लागिएको नगर प्रमुख पोतिलाल चौधरीले बताए ।
“खाद्य तथा पोषण सुरक्षा, दिगो वातावरणीय संरक्षण, गरीबी न्यूनीकरण, दिगो उपभोग तथा उत्पादन प्रणाली सुनिश्चित गर्ने, जलवायु परिवर्तन र यसका प्रभावसँग जुध्न तत्काल कार्य अघि बढाउन गुरुयोजनाअनुरुप कार्य अगाडि बढाउँछौँ”, उनले भने । नगरपालिकाले बाली फस्टाउन सक्ने क्षेत्रको पहिचान गरी माटो परीक्षणको कार्य अगाडि बढाएको छ ।
कृषि गुरुयोजनाका लागि नगर प्रमुखको अध्यक्षतामा निर्देशक समिति गठन गर्ने तयारी गरिएको छ । समितिमा वडाध्यक्ष र विषयगत शाखाका प्रमुख सदस्यका रूपमा रहने प्रावधान राखिएको छ ।
गुरुयोजनाअनुरुप सबै वडामा कृषिसम्बन्धी भेला गरी जलवायु, सम्भाव्य बाली, कृषि आधुनिकीकरण, बजार, स्थानीय कृषि प्रजातिको संरक्षण र दक्ष तथा अनुभवी जनशक्तिको व्यवस्थाको कार्य अगाडि बढाइने कृषि विकास शाखाका प्रमुख रणबहादुर मल्लले बताए ।
गोष्ठी, वडा भेला, लक्षित समूह छलफल आदि गरी व्यापक जनसहभागिता सुनिश्चित गरी कृषि विकास गुरुयोजनासम्बन्धी विश्लेषण गरी सोका आधारमा विज्ञको प्राविधिक सहयोग लिई योजना मस्यौदा तयार गरिने उनले बताए ।
“प्राविधिकद्वारा प्रत्येक वडाका खेतीयोग्य क्षेत्रबाट माटो परीक्षणका लागि नमूना सङ्कलन गर्ने, कृषि पकेट क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने, कृषि गुरुयोजना मस्यौदा तयार गर्ने, आवश्यक परिमार्जन तथा सुझाव सङ्कलन गर्ने, कृषि गुरुयोजनालाई अनुमोदन गर्नेलगायतका कार्य अघि सारिएका छन्”, उनले भने ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












