‘सङ्गठित अपराध घट्दै तर सामाजिक अपराध बढ्दै’
चितवन । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले पछिल्लो समय देशमा सङ्गठित अपराध घट्दै गएको तर सामाजिक अपराध बढ्दै गएको बताएका छन् ।
विगतमा प्रहरीलाई साङ्गठनिक अपराध नियन्त्रण गर्न चुनौती भए पनि हाल आएर सामाजिक अपराध न्यूनीकरण गर्न चुनौती थपिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय चितवनले आयोजना गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रममा प्रवक्ता सुवेदीले प्रहरी एक्लैले अपराध नियन्त्रण गर्न नसक्ने बताए ।
यसमा प्रहरीको मात्रै नभई स्थानीय सरकार, सामाजिक संस्था एवं नागरिककोसमेत उत्तिकै दायित्व रहेको उनको भनाई छ । “विगतमा सङ्गठित अपराध सक्रिय थियो, अहिले यी अपराध शून्यमा झरेको छ”, उनले भने । विगत केही समयदेखि सामाजिक विकृति, विसङ्गतिका कारण समाजमा हत्या, हिंसा, बलात्कारका घटनामा वृद्धि भएको उनले औँल्याए ।
सङ्गठित अपराध नियन्त्रण गर्न प्रहरी सफल भएको भन्दै उहाँले गुण्डागर्दी गर्ने अधिकांशको प्रहरी मुठभेड (इन्काउण्टर) मा मृत्यु भएको र ४०० बढी कारागारमा रहेको जानकारी दिए । उनले सबैभन्दा बढी बलात्कारका घटना १५ वर्ष मुनिका बालिकामा हुने गरेको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले भयरहित समाज निर्माणका लागि प्रहरीसँग समन्वय गर्न आवश्यक रहेको बताए ।
स्थानीय तहमा पनि न्यायिक समितिमा विभिन्न मुद्दा आउनेक्रम बढेको भन्दै भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले आगामी दिनमा प्रहरीसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गए । महिला अधिकारकर्मी, नागरिक समाजका अगुवाले प्रहरीलाई साथ दिने प्रतिबद्धता दिँदै प्रहरीले बलात्कार, हिंसा, घटनामा अझ सक्रियता बढाउन सुझाव दिएका थिए ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












