ताजा समाचार

पूर्व युवराज पारस शाहको स्वास्थ्य अझै सुधार भएन्

काठमाडौं । हृदयघात भएर सोमबार नर्भिक अस्पताल भर्ना गरिएका पारस शाहको स्वास्थ्य अवस्था अझै सुधारोन्मुख नभएको डाक्टरहरुले बताएका छन् ।

छातीमा अतिशय पीडा भएपछि सोमबार अपराह्नपख नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका पूर्वयुवराज शाहलाई हृदयघात भएको अस्पतालले बताएको थियो । अहिले उनको सीसीयू कक्षमा राखेर उपचार भइरहेको छ ।

“उहाँको एउटा मुटुको धमनी टालिएको थियो । हामीले तुरुन्तै खुला गर्यौँ । अहिले उहाँको स्वास्थ्य अवस्था स्टेबल (स्थिर) छ तर क्रिटिकल (जोखिमयुक्त) छ,” उपचारमा संलग्न चिकित्सक यादवकुमार देव भट्टले भने ।

शाहलाई यो पटक समेत गरेर तेस्रो पटक हृदयघात भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org