भक्तपुर अस्पतालमा थन्कियो डायलाइसिस मेशिन
भक्तपुर । भक्तपुर अस्पतालमा डायलायसिस सेवा सञ्चालन गर्नका लागि दाताले दिएको दुई मेशिन थन्किएर बसेको छ ।
जर्मनीको एक दाता संस्थाले दिएको रु दुई करोड मूल्यबराबरका दुई डायलाइसिस मेशिन चिसो भुइँमा विगत ११ महिनादेखि थन्किएर बस्दा खिया लागेर बिग्रने अवस्थामा पुगेको छ ।
अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले डायलाइसिस मेशिन सञ्चालन गर्न अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डा. सुधा देवकोटालाई आफू अध्यक्ष हुँदादेखि नै पटकपटक भन्दा पनि अटेर गरेर मेशिन थन्क्याएर राखेको बताए ।
खड्काले भने, “म अध्यक्ष हुँदा दाता संस्थालाई गुहारेर रु दुई करोड पर्ने दुई वटा डायलाइसिस मेशिन ल्याएँ, मैले मेशिन सञ्चालनमा ल्याउन खोजेको थिएँ तर सकिनँ, अहिले पनि मैले पटकपटक ती मेशिन सञ्चालनमा ल्याउन मेसुलाई भन्दै आएको छु, तर मेशिन सञ्चालनमा आएन, अब दाता संस्थाले मेशिन नै फिर्ता लगेर अरु अस्पताललाई दिन्छु भन्दैछ ।”
दाता संस्थाले केही दिनअघि मात्रै त्यो मेशिनबाट कतिजना बिरामीले सेवा पाए भनेर सोधे पनि मेशिन सञ्चालनमा नआएको जानकारी पाएपछि मेशिन सञ्चालनमा नल्याए अर्को अस्पताललाई दिने जानकारी गराएको उनले बताए ।
उक्त मेशिन सञ्चालनमा आए थप रु तीन करोडबराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको दाता संस्थाबाट उक्त सहयोगसमेत नआउने अवस्थामा पुगेको खड्काको भनाइ छ ।
अस्पतालको चिसो भुइँमा मेशिन थन्क्याएर राख्दा खिया पर्न थालेको छ । अस्पतालका प्रशासन प्रमुख विश्वराम न्यौपानेले अस्पतालमा डायलाइसिस मेशिन आएको आफूले हल्ला मात्रै सुनेको बताए । उने भने, “कसले मेशिन ल्यायो, कसरी मेशिन आयो, के मेशिन हो, कुन अवस्थामा छ, सञ्चालनमा आउँछ कि आउँदैन, यसबारे मलाई केही थाहा छैन, म प्रशासन प्रमुख भए पनि मेशिन आउँदा र आएपछि पनि मलाई जानकारी गराइएको छैन, यसबारे मलाई केही थाहा छैन, मेसुलाई सोध्नुस् ।”
यसबारेमा जानकारी लिन खोज्दा अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डा सुधा देवकोटा सम्पर्कमै आएनन् ।
भक्तपुर अस्पतालसँगै जोडिएको शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रमा मिर्गौलाको डायलाइसिस गर्ने बिरामीले मेशिन नपाउँदा ४०० बिरामीले नियमितरूपमा डायलाइसिस गर्न पालो कुरेर बसेका छन् ।
केन्द्रका केही मेशिन बिग्रिएको र बिरामीको चाप अत्यधिकरूपमा बढेपछि मेशिन अभावमा बिरामीले पालो कुर्नुपरेको छ भने सँगैको भक्तपुर अस्पतालमा भने आएको मेशिन ११ महिनादेखि थन्किएर बसेको छ ।
केन्द्रले उक्त मेशिन माग गर्दा पनि भक्तपुर अस्पतालकी मेसु डा देवकोटाले मेशिन पनि नदिएको र सञ्चालनमा पनि नल्याएको गुनासो बढेको छ ।
एउटा मेशिनले एक दिनमा आठजना बिरामीको डायलाइसिस गर्न सकिने र दुई वटा मेशिन थन्किँदा दैनिक १६ जना बिरामीले यो सेवाबाट वञ्चित हुनु परेको छ ।
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख एवम् भक्तपुर अस्पतालका पूर्व अध्यक्ष नवराज गेलालले सक्षम नेतृत्व नहुँदा भक्तपुर अस्पतालको सेवा लथालिङ्ग भएको गुनासो चौतर्फी आएको बताए ।
अस्पतालमा आएको मेशिनसमेत थन्किनु नराम्रो भएको बताउँदै उनले आफू अध्यक्ष हुँदा सघन उपचार कक्ष सञ्चालन गर्न ल्याएको मेशिन वर्षौंसम्म थन्काएर राखेको र चौतर्फी दबाब दिएपछि बल्ल सघन उपचार कक्ष सञ्चालन नगरी ‘हाइकेयर युनिट’ सञ्चालनमा आएको बताए ।
अस्पतालका अर्का पूर्व अध्यक्ष सुरेश न्यौपानेले डायलाइसिस मेशिन खिया लाग्ने अवस्थामा पुगेको आफूले जानकारी पाएको बताउँदै अस्पतालका हालै नियुक्त अध्यक्ष र अस्पताल प्रशासनसँग उक्त मेशिनको व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए ।
अस्पतालका अध्यक्ष मिलन सुवालले आफू आएपछि अस्पतालको बेथिति अन्त्य गर्न र थन्किएर रहेको डायलाइसिस मेशिनलाई सञ्चालन गर्ने वा सेवा प्रदायक अर्को अस्पताललाई हस्तान्तरण गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












