पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेपालका महाथिर महासेठ हुन् प्रवक्ता सिंह
काठमाडौं, १६ माघ । नयाँ शक्ति पार्टी, नेपालका प्रवक्ता प्रशान्त सिंहले नेपालमा राजनीति सेवाभन्दा धन्दाको रुपमा विकास भइरहेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
नयाँ शक्तिले सुरु गरेको जनसंवाद यात्राअन्तर्गत तेह्रथुमको औसीडाँडा र पोक्लावाङ्गका स्थानीयसँग अन्तरक्रिया गर्दै उहाँले राजनीतिलाई धन्दाबाट सेवामा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
ुमैले राजनीतिलाई घृणा गर्ने मानिसहरुलाई भेटिरहेको छु,ु उहाँले प्रश्न गर्नुभयो, ुराजनीतिलाई घृणा गरेको हो कि धन्दालाई रु धन्दालाई घृणा गरेको हो भने असल राजनीतिका विकल्प खोज्न हिच्किचाउनु हुँदैन ।ु
नेपालमा राजनीति राजनीतिजस्तै नरहेको भन्दै उहाँले असल समृद्धिको लागि असल राजनीतिको औचित्यमाथि जोड दिनुभयो । ुनेपालमा राजनीति नजिकका मानिसलाई जीवन निर्वाह गरिदिने धन्दामा रुपान्तरण भयो । राजनीति खराब कुरा होइन । तर हाम्रोमा राजनीति राजनीति जस्तै रहेन,ु उहाँले बताउनुभयो ।
राज्य संयन्त्र नै नेताका आफन्त र पार्टीका सीमित मानिसको सेवामा दुरुपयोग भइरहेकोमा चिन्ता व्यक्त गर्दै यसमा परिवर्तन बिना नेपाली जनताको समृद्धिको सपना पूरा नहुने बताउनुभयो । नेपाली राजनीतिमा नयाँ चिन्तनको आवश्यकतामा जोड दिँदै उहाँले भन्नुभयो, ुहामीले जसको लागि राजनीति गर्ने भनिरहेका छौं, उहाँहरुको मष्तिष्कमा के चलिरहेको छ, त्यो बुझ्न हामी जनसंवाद यात्रामा आएका हौं ।ु
स्वर्गजस्तो गाउँ रित्तिजै जानु चिन्ताजनक भएको भन्दै उहाँले ऊर्जाशील युवा विदेश लखेटेर हामीले कस्तो समृद्धि गर्छौं भन्दै प्रश्न गर्नुभयो । ुगाउँ स्वर्गजस्तो छ । तर, मानिसहरु किन छाडेर हिंडिरहेका छन् गाउँ किन रित्तो भइरहेको छ राजनीति गर्ने मानिसहरुले यसको जवाफ दिनुपर्छ,ु उहाँले बताउनुभयो ।
प्रवक्ता सिंहले नयाँ शक्ति समावेशी पार्टी रहेको बताउनुभयो । ुनयाँ शक्ति जातिवादी पार्टी होइन, यो त समावेशी पार्टी हो । नेपाल बहुसांस्कृतिक, बहुभाषी र बहुजातीय समाज भएकोले यहाँको विविधतालाई शक्तिको रुपमा व्यवस्थापन गरेर समावेशी विकास गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ,ु उहाँले भन्नुभयो । संसारको सबैभन्दा समृद्ध देशहरु समावेशी देशहरु भएको र सबैभन्दा गरिब देशहरुमा जातीय र धार्मिक द्वन्द्व रहेको उदाहरण उहाँले प्रस्तुत गर्नुभयो ।
प्रवक्ता सिंहले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मलेसियाका महाथिर महासेठसँग तुलना गर्दै भन्नुभयो, ुमहाथिरले ९२ वर्षको उमेरमा आफ्नै पुरानो पार्टीलाई हराएर प्रधानमन्त्री हुनुभयो, मैले हाम्रो संयोजक भट्टराईमा पनि त्यही सम्भावना देख्छु ।ु
संवादमा संयोजक डा। बाबुराम भट्टराई, पूर्वमन्त्री तथा हेडक्वाटर सदस्यहरु परशुराम खापुङ र हिसिला यमी, हेडक्वाटर सदस्यहरु नवराज सुवेदी, गंगा श्रेष्ठ र डम्बर खतिवडा, कृषि विज्ञ तथा विज्ञ परिषदका नेता मदन राई, नेतृ दुर्गा सोब, कमला गुरुङलगायत सहभागी हुनुहुन्छ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












