ताजा समाचार

एनआईसी एशियाको डिबेञ्चर खरीद गर्न समय थप फागुन १३ सम्म खरीद गर्न सकीने

काठमाडौं। एनआईसी एशिया बैंकले आइतबारदेखि निष्काशन गरिरहेको डिवेन्चर २०८५ ८६ खरीद गर्ने समय बढाएको छ।

ऋणपत्रले पर्याप्त सुरक्षाको आधार जनाउने ुकेयर एनपि ए ९सिङगल ए०ु प्राप्त गरेका छ। बैंकले १० प्रतिशत व्याजदरमा १० वर्षको अवधिका लागि कुल ४ अर्बको ऋणपत्र निष्काशन गरेको हो। यसमध्ये एक अर्ब ६० करोड सर्वसाधारणका लागि खुला गरेको छ।

संगठित लगानीकर्ताहरुका लागि छुट्याइएको २ अर्ब ४० करोडको ऋणपत्रका लागि प्रतिबद्धता आइसकेको छ। पहिलो चरणमा ४९७ जनाबाट ७ करोड ३० लाख रुपैयाँको लागि आवेदन परेको छ।

माग बराबरको आवेदन नपरेमा फागुन १३ गतेसम्म बिक्री गर्न पाइने गरी बैंकले स्वीकृति लिएको थियो। त्यस्तै सर्वसाधारणतर्फको ५ प्रतिशत ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्याइएको छ।

सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम २० लाख कित्तासम्मको लागि आवदेन दिन पाउनेछन्। आवेदनको लागि धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाबाट पाइनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org