चिसोले बिरामीलाई सकस
हिमपातसँगै जुम्लामा बढेको अत्यधिक चिसोका कारण बिरामीको सङ्ख्या पनि बढेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार दैनिक एकसयभन्दा बढी चिसोका बिरामी आउने गरेका छन् । चिसोका कारण दम, रुघाखोकी, झाडापखाला र पेट दुख्ने बिरामी बढेका हुन् । चिसोले बिरामीलाई निकै सकस भएको छ । चिसो तथा अन्य समस्याका कारण बिरामीको सङ्ख्या बढेपछि प्रतिष्ठानले उपचारमा चासो बढाएको जनाएको छ ।
प्रतिष्ठान भर्ना भएका चिसो तथा अन्य रोगका बिरामी जुम्ला, मुगु र कालिकोटका बढी छन् । गत हप्तादेखि भइरहेको हिमपातसँगै अत्यधिक बढेको चिसोले जनजीवन कष्टकर बन्नाका साथै हवाई उडानसमेत हुनसकेको छैन ।
कालीकोट र मुगुबाट गाडीमा आउने बिरामीलाई निकै सकस भएको छ । प्रतिष्ठानका चिकित्सक सूर्यमान लिम्बूले भने, “अन्य समयको तुलनामा यतिखेर चिसोका बिरामी बढिरहेका छन्, चिसोले विशेषगरी बूढाबूढी, बालबालिका र गर्भवती महिला समस्यामा छन् ।” उहाँका अनुसार प्रतिष्ठानमा आइसीयुसहित भेन्टिलेटर र अक्सिजन प्लान्टको व्यवस्था भएकाले सिटीस्क्यान गर्नुपर्नेबाहेक अरु बिरामी आएमा अन्यत्र सिफारिश गर्नुपर्ने स्थिति छैन ।
प्रतिष्ठानको आइसीयुमा हाल भीरबाट लडेर गम्भीर घाइते भएका तातोपानी–७ का बालक रोशन कुँवर र ब्रेनस्टोनका बिरामी धनबहादुर रावललाई राखिएको छ भने अन्य सयौँ बिरामी विशेष तथा सामान्य वाडमा उपचाररत छन् । आर्थिक वर्ष २०७४/७५ मा मात्रै ४५ हजार बिरामीले उपचार सेवा लिएका थिए । प्रतिष्ठानको स्तरोन्नोतिसँगै जिल्लाभित्र र बाहिरका बिरामीको चाप बढ्दै गएको रजिस्ट्रार विश्वराज काफ्लेले बताए ।
उनले भने, “अब चिकित्सक र औषधि नपाएर कर्णालीबासीले मर्नुपर्ने स्थिति छैन, हामीसँग उपकरण र विशेषज्ञ चिकित्सकसहित ४० भन्दा बढी चिकित्सक मात्रै छन् ।” प्रतिठानले आफ्नो सेवा विस्तार र कर्णालीका स्वास्थ्यकर्मीको क्षमता विकास गर्न कालीकोट, मुगुलगायत कर्णालीका जिल्ला अस्पतालमा गएर उपचार पद्धतिबारे स्वास्थ्यकर्मीलाई आवाश्यक ज्ञान, सीप दिने गरेको डा सूर्यमान लिम्बूले बताए ।
बिरामी नरेन्द्र सुनारले गत वर्षको तुलनामा यो वर्ष प्रतिष्ठानले न्यानोका लागि आवश्यक कम्मलको व्यवस्था गरेको जानकारी दिए।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












