ताजा समाचार

दुई फरार अभियुक्त पक्राउ

लहान । जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका दुई युवकलाई सिरहा प्रहरीले आज पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेशपुरपत्तारबाट खटिएको प्रहरी टोलीले जबर्जस्ती करणी मुद्दामा फरार नवराजपुर गाउँपालिका–३ निवासी २१ वर्षीय रामसेवक यादव र ज्यान मार्ने उद्योग मुद्दामा फरार सोही ठाउँ बस्ने १९ वर्षीय पङ्कज सदायलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैलाई आजै जिल्ला अदालत सिरहामा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

लागुऔषध पक्राउ

प्रहरीको टोलीले आज बिहान सिरहा नगरपालिका–१ स्थित माडर सडकखण्डबाट प्रतिबन्धित लागुऔषधसहित दुईलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हा निवासी २० वर्षीय राजु मुखिया र १९ वर्षीय अक्षय मुखियालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट नाइट्राभेट ४० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org