ताजा समाचार

राष्ट्रिय योजना आयोगको आधार पत्रको मस्यौदा माथि छलफल

राष्ट्रिय योजना आयोगले तर्जुमा गर्न लागेको पन्ध्रौँ आधारपत्रको मस्यौदाबारे सुझाव सङ्कलन गर्न सुदूरपश्चिम प्रदेशस्तरीय परामर्श कार्यक्रम शुरु भएको छ ।

परामर्श कार्यक्रमबाट प्राप्त हुने सुझावलाई पन्ध्रौँ योजनाको आधारपत्रको अन्तिम मस्यौदामा समावेश गरी विकास परिषद्बाट अनुमोदन गरिने आयोगका सदस्य सुशील भट्टले बताए ।

परामर्श कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेश सकारका सचिव, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहको प्रमुख उपप्रमुखलगायत सहभागी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org