ताजा समाचार

आकस्मिक बाहेक अस्पतालका सम्पूर्ण सेवा ठप्प

डा.गोविन्द केसीको जीवन रक्षाको माग राख्दै आन्दोलनमा उत्रेको नेपाल चिकित्सक संघको आवह्वानमा आज देशभरका अस्पतालहरु ठप्प रहेका छन् ।

सोमबारबाट रिले अनसन सुरु गरेका चिकित्सकहरुले सरकारले कुनै प्रतिकृया नदेखाएको भन्दै आज एक दिन सांकेतिक रुपमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने निर्णय गरेका हुन् ।

संघले देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थालाई आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रूपमा बन्द गर्न आह्वान गरेको छ ।

संघको हिजो बसेको आकस्मिक बैठकले सरकारका कारण डाक्टर केसीको जीवन संकटमा परेको र उनीसँगको सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

अस्पतालहरु ठप्प भएपछि बिरामी मर्कामा परेका छन्। अस्पतालमै भर्ना भएर उपचार गराइरहेका र बिहानै अस्तालमा उपचारका लागि पुगेका बिरामी उपचार सेवाबाट बञ्चित भएका छन्।

यता राष्ट्रिय चिकित्सक संघ नेपाल र नेपाल प्रगतिशील चिकित्सक संघले भने नेपाल चिकित्सक संघको आन्दोलनमा कुनै समर्थन नरहेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org