ताजा समाचार

नेपाल र युएइबीचको दोस्रो खेल सुरु (भिडियो लाइभ)

काठमाडौं ।

नेपाल र युएइबीचको दोस्रो टि—ट्वेन्टी खेल सुरु भएको छ । युएइको आइसीसी एकेटेमिमा सुरु खेलमा नेपालले टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ ।

यसअघि हिजो भएको पहिलो खेलमा पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो। खेलमा फर्कन नेपाललाई आजको श्रृखलामा जित आवश्यक छ। आजको खेलमा पनि युएई विजयी भएमा नेपालले एक खेलअघि नै श्रृखला गुमाउनेछ।

शीर्ष क्रममा ब्याट्सम्यान सस्तोमै समेटिएपछि पहिलो खेलमा नेपाल पराजित भएको थियो। नेपालका लागि सन्दीप जोराले कीर्तिमानी अर्धशतक बनाए पनि जितको लागि पर्याप्त भएन। १५४ रनको लक्ष्य पछ्याएको नेपाल ७ विकेट गुमाउँदै १३२ रनमा समेटिएको थियो।

आजको खेलमा नेपाल विजयी भएका सिरिजको छिनोफानो तेस्रो खेलबाट हुनेछ। यसअघि एक दिवसीय सिरिज भने नेपालले जितेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org