ताजा समाचार

बेलुनमा झुण्ड्याएर सिंहदरबारमा कालो झण्डा

काठमाडौं ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठनले बेलुनमा झुण्ड्याएर सिंहदरबारमा कालो झण्डा उडाएको छ ।

बिभिन्न माग राखी सरकारको बिरोधमा रहेको नेविसंघले सिंहदरबारको मूल गेटबाट उडाइएको बेलुनमा झुण्ड्याइएको कालो ब्यानरमा उडाएको हो ।

ब्यानरमा ‘निर्मलालाई न्याय दे’, ‘डा. केसीको जीवन रक्षा गर’ र ‘भ्रष्टाचार नियन्त्रण गर’ भन्ने नारा लेखिएको छ ।

यसअघि नेविसंघले एयर्पोटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउनुका साथै प्रदर्शन, मन्त्री र सरकारी गाडीमा सरकार विरोधी नारा लेख्ने गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org