ताजा समाचार

नागार्जुनको जंगलमा युवतीको शव भेटियो

नागार्जुन नगरपालिका–६ मा रहेको डाँडापौवा सामुदायिक जंगलमा एक जना महिलाको शव भेटिएको छ ।

जंगलभित्र पैँयुको रूखमा नाइलनको डोरीले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा लाश फेला परेको हो। उनको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले महिलाले रातो रंगको सुइटर, रातो पछ्यौरा, रातोमा हरियो कालो मिक्स भएको लुङ्गी लगाएकी र कपालमा रातो रंग लगाएकी, कानमा साना साना रिंग लगाएकी महिला मृत भेटिएको जनाएको छ ।

त्यस्तै मृत महिलाको खल्तीमा चाबीको झुप्पा, थैली र जुत्तासमेत फेला परेको छ। मृत महिलाको खल्तीमा ४१ हजार १ सय ४५ रुपैयाँ समेत फेला परेको प्रहरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org