ताजा समाचार

डा. केसीका विरुद्ध अनसन बसेका थापाले पनि तोडे अनसन

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसन बसेका प्राध्यापक डाक्टर गोविन्द केसीविरुद्ध अनसन बसेका विजय थापाले पनि आज अनसन तोडेका छन्।

शिक्षण अस्पतालमा नै अनसन बसेका थापाले आज अनसन तोडेका हुन्। काठमाडौं महानगरपालिका २० स्थित भिमासेनस्थान बस्ने ३ वर्षीया अकिया नगरकोटी र जनकपुर उपमहानगरपालिका ४ स्थित हंसपुर बस्ने ५५ वर्षीय बेचेन यादवले जुस खुवाएर थापाको अनसन तोडिएको हो।

डा. केसीले शुक्रबार मात्रै अनसन तोडेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org