निर्मलाले न्याय नपाउँदै विराटनगरमा अर्की ११ वर्षीया बालिकाको बलात्कार पछि हत्या
विराटनगर ।
कञ्चनपुरमा निर्मला पन्तको हत्या भएको घटनाले पार नपाउँदै विराटनगरमा पनि त्यही प्रकृतिको घटना घटेको छ ।
विराटनगर महानगरपालिका–बलुवाईकी ११ वर्षीया बालिका रुपमती दासको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको हो । रुपमती गत शनिवार घरबाट छिमेकमा टिभी हेर्न जाने क्रममा हराएकी थिइन् ।
भोलिपल्ट बिहान घरदेखि करिब ५०० मिटर दक्षिण खोलामा नग्न अवस्थामा शव भेटिएको थियो । छिमेकी महमद नेमाको घर जाने क्रममा दुई जनाले जवरजस्ती लगेर बलात्कार गरी शव खोलामा फालेको प्रहरीको दाबी छ ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर ८ का २५ वर्षीय अब्बास अन्सारी र १८ वर्षीय चन्दु महतोलाई पक्राउ गरेको छ । दुबै जना लागूऔषध प्रयोगकर्ता हुन् ।
लागूऔषधको नसामा बालिकाको बलात्कारपछि हत्या गरेर शव खोलामा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पोष्टमार्टम रिपोर्टले पनि बलात्कारपछि हत्या भएको देखिएको प्रहरी स्रोतको दाबी छ ।
घटना लगतै अनुसन्धान सुरु गरेको प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको थियो । घटना लगतै पक्राउ परेका दुबैले घटना स्वीकार गरेपनि प्रहरीले प्रमाण जुटाउन सकेको थिएन । खोलामा शव फ्याकेका कारण प्रमाण जुटाउन समय लागेको अनुसन्धानमा संलग्न एक प्रहरीको भनाई छ ।
Comments
अरु समाचार
-
चार जना डीआईजीको एक वर्ष पदावधि थपियो
काठमाडौं। सशस्त्र प्रहरी बलका चार जना डीआईजीको पदावधि एक वर्ष थपिएको छ । । मंगलबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले कमल...
-
सशस्त्रका चार डीआईजीको म्याद थपबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । सशस्त्रका चार डीआईजीको म्याद थपबारे निर्णय लिन मन्त्रिपरिषद बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् आकस्मिक...
-
संविधान संशोधन ०८७ मा मात्रै हुने ओलीको खुलासा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन ०८७ मा मात्रै हुने बताएका छन् । केन्द्रीय...
-
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से छ दशमलव १६ अङ्कले बढेर...
-
चीनतर्फबाट सगरमाथा क्षेत्र प्रवेश अस्थायी रूपमा बन्द
काठमाडौं । चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि चीनले सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द...
-
भूकम्प अपडेट: ९५ जनाको मृत्यु, १३० घाइते
काठमाडौं । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका...
-
भूकम्पबाट सङ्खुवासभामा एउटा घरमा क्षति
काठमाडौं । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेटमा गएको ६ दशमलव ८...
-
सुनकोसी नदीमा बाँध निर्माण सुस्त, सात प्रतिशत मात्रै प्रगती
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोसी नदीमा बाँध निर्माण कार्य सुस्त छ । पटेल–रमण जेभीले सुनकोसी नदीमा...
-
भूकम्प अपडेट: सोलुखुम्बुमा दुई घरमा क्षति
काठमाडौं । आज बिहान गएको भूकम्पका कारण सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ।...