अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डिपिआर शुरु, चितवनमा धुर्मुस सुन्तलीको भव्य स्वागत
चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई स्वागत गरिएको छ ।
भरतपुर विमानस्थलबाट बाजागाजासहित स्वागत गरी ¥यालीका साथ निर्माणस्थल रामपुर पु¥याइएको थियो । रङ्गशाला निर्माणस्थलमा आयोजित रङ्गशालासम्बन्धी गृहजिल्ला घोषणा एवं डिपिआर निर्माण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डेशनका अध्यक्ष सीतारामले जिल्लामा बन्ने रङ्गशाला नेपालको गौरव हुने बताए ।
उनले चितवन र समग्र नेपाललाई नै विश्वसामु चिनाउन रङ्गशाला महत्वपूर्ण हुने बताए । उनले तोकेकै समयमा रङ्गशाला निर्माण सम्पन्न गरिने जानकारी गराए । फाउण्डेशनका उपाध्यक्ष कुञ्जनाले सबैको साथ र सहयोगका लागि आह्वान गरे । सरकारले यो महान् अभियानमा आफूहरुलाई सहभागी गराएको भन्दै उहाँले सबैको साथ र सहयोगबाट रङ्गशाला बन्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायण दाहालले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न जिल्लाका राजनीतिक दल सक्रियताका साथ लाग्ने बताए । उनले देशमा विकास निर्माणको युग शुरु भएको भन्दै त्यसमा हातेमालो गर्न सबैलाई आह्वान गरे ।
नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले रङ्गशाला निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नले काङ्ग्रेस प्रतिपक्ष दल भए पनि विकास निर्माणमा सधैँ हातेमालो गर्दै जाने बताए ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनसँग सम्झौता भएपछि उत्साहित भएको बताए। उनले रङ्गशाला निर्माणका लागि सरकारी तवरबाट हुने सबै काम महानगरले गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा विभिन्न दाताहरुले रु एक करोडभन्दा बढी सहयोगको घोषणा गरेको महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताए ।
स्थानीयवासीले घरअगाडिका सडक किनारामा घडा राखेर र ठाउँठाउँमा स्वागतद्वारसहित स्वागत गरेका थिए । आजैदेखि रङ्गशालाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माणको काम शुरु भएको घोषणा गरिएको छ ।
दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको रङ्गशाला निर्माण गर्न तीन अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । रङ्गशालामा क्रिकेटका अतिरिक्त अन्य खेलहरु खेल्न सकिनेछ । रङ्गशालालाई एकेडेमीका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । भरतपुर महानगरपालिका–१५ मा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिगाहा ६ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको हो । रङ्गशाला निर्माणको प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा यसअघि नै काठमाडौँमा घोषणा भइसकेको छ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












