ताजा समाचार

‘म हुँ र म गर्न सक्छु’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै

काठमाडौं ।

आज फेब्रुअरी ४, अर्थात विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै । ‘म हुँ र म गर्न सक्छु’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

सुरुमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो दिवस मनाइँदै आएको हो ।

विश्वको तथ्यांक हेर्दा एक वर्षमा १ करोड ८१ लाख मानिसलाई क्यान्सर रोग लाग्ने गरेको छ । त्यसमध्ये करिब ९० लाख मानिसको क्यान्सरबाटै मृत्यु हुने गरेको छ ।

नेपालमा बर्सेनि करिब २६ हजार मानिसमा क्यान्सर लाग्ने गरेको बताइएको छ । तीमध्ये १९ हजारको मृत्यु हुने गरेको छ । नेपालमा करिब ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ ।

नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बासयको क्यान्सरका बिरामी धेरै छन् । प्रारम्भिक चरणमा नै उपचार गरे क्यान्सर निको हुन्छ ।

चुरोट र सूर्तीजन्य पदार्थ सेवन गरेमा क्यान्सर लाग्ने खतरा धेरै हुने चिकित्सकहरु बताउँछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org