कांग्रेसका शिर्ष नेताहरु विभिन्न जिल्लामा, यी हुन आन्दोलनका मुख्य मुद्धा
केन्द्रिय समितिको पूर्व घोषित कार्यक्रम अनुसार नेपाली कांग्रेसले आज देशभरी नै सरकार विरुद्ध विरोध प्रदर्शनका कार्यक्रम गर्दैछ ।
वाइडबडी खरिदमा भएको घोटाला, ३३ किलो सुन काण्ड, निर्मला पन्त हत्या प्रकरणको निष्पक्ष छानबिन लगायतका विषयमा सरकारसँग असन्तुष्ट रहेको काँग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।
साथै बूढीगण्डकी बहुउद्देश्यीय परियोजना विनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिने सरकारी निर्णय, भेनेजुएला प्रकरणमा सरकार र नेकपाले गरिरहेको अमेरिकाको विरोध, महँगी, भ्रष्टाचार तथा अनेकौँ जनविरोधी निर्णयहरु पनि कांग्रेस आन्दोलनका मुख्य एजेण्डा हुन् ।
यसैबीच शीर्ष तहका नेताहरु विभिन्न जिल्लामा परिचलन गरिएका छन् । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले काठमाडौँको विरोध सभालाई सम्बोधन गर्नेछन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले गृहजिल्ला तनहुँ , उपसभापति विमलेन्द्र निधि धनुषा र सहमहामन्त्री प्रकाशशरण महतले दाङमा हुने विरोध सभालाई प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै महामन्त्री डा. शशाङ्क कोइरालाले नवलपरासी, शेखर कोइरालाले मोरङ, गगन थापाले पोखरा र प्रवक्ता विश्व प्रकाश शर्माले चितवनको कार्यक्रमलाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।
यसैगरि केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले नुवाकोटमा हुने विरोध सभालाई सम्बोधन गर्दैछन् । काठमाडौँमा १ बजेपछि हुने विरोध प्रदर्शनका लागि सहरका विभिन्न स्थानबाट र्याली निकाल्ने र रत्नपार्कस्थित शान्ति बाटिकामा कोणसभामा परिणत गर्ने काँग्रेसले जनाएको छ ।
माघ १३ गते बसेको केन्द्रीय समितिको बैठकले सरकारविरोधी प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












