दशैंअघि भित्रिएको १३ करोड बराबरको २४ हजार ४५ मेट्रिक टन चिनी गोदाममै
वीरगञ्ज ।
साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरका २४ हजार ४५ मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ ।
सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि कर्पोरेशनले भित्र्याएको उक्त परिणामको भारतीय चिनी गोदाममा थन्किएको हो । परिणात्मक बन्देजका कारण पाँच महीना भइसक्दा पनि कर्पोरेशनले चिनी लग्न सकेको छैन ।
हिन्दूको महान् चाँड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी कर्पोरेशनले भारतको गुजरात राज्यस्थित रेणुका सुगर मिलबाट सो परिणामको चिनी आयात गरेको थियो । ढिलो गरी आयात भएकाले सो चिनी भन्सार पास हुन नसक्दा गोदाममै थन्किएकोे छ । विगत लामो समयसम्म गोदाममै थन्किएका कारण चिनी बिग्रदै गएको छ ।
२०७५ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णयलाई आधारमानी वाणिज्य विभागले चिनीको जाँचपास नगर्न पत्राचार गरेकाले यस्तो स्थिति आएको सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको चिनी असोज ६ गते सुख्खा बन्दरगाहमा आएकाले भन्सार पास हुन नसकी गोदाममै थन्किएको छ ।
सुख्खा बन्दरगाहको गोदाममा राखिएको सो चिनी छाड्ने बारे विभागबाट कुनै पनि पत्र नआएकाले यस बारेमा अहिले केही भन्न नसकिने भन्सार अधिकारीको भनाइ छ ।
विगत पाँच महीनादेखि भन्सारमै थन्किएको सो चिनी गोदाममा राखेको भाडावापत साल्ट ट्रेडिङ कर्पोरेशनले बन्दरगाह सञ्चालक कम्पनी हिमालयन ट्रर्मिनललाई रु चार करोडभन्दा बढी रकम तिर्नसमेत सकेको छैन । गोदाममा राखे वापतको भाडा दर प्रतिदिन रु तीन लाख ७६ हजार ६०० रहेकाले हालसम्म कर्पोरेशनले भाडा तिर्न नसकेको गोदाम इञ्चार्ज सुनिलकुमार सिंहले बताए ।
गत पुस अन्तिम साता बसेको मन्त्रिपरिषद्को बैठकले बन्दरगाहमा थन्किएर बसेको सो परिणामको चिनीका लागि भन्सार जाँचपासमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेपछि यस सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय वीरगञ्जका प्रमुख अमोज लामिछानेले बताए ।
यता साल्ट ट्रेडिङ कर्पोरेशनले सो चिनी आयात गर्न एलसी खोलेको थियो । चिनी आपूर्तीकर्ता गुजरातको रेणुका सुगर मिलले चिनी नेपाल पठाउन रेल्वे बुक गरेको भए पनि बुक गरेको रेल्वे जाम र चापका कारण १५ दिन ढिलो गरी सो चिनी सुख्खा बन्दरगाहमा आइपुगेकोले चिनी गोदाममै थन्किएको हो ।
विगत पाँच महीनादेखि सो चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएकोले बोरा च्यातिएको, चिनी जथाभावी छरिएको, मजदुरलाई काम गर्न समस्या भएको तथा चिनीका बोरा बिग्रिन थालेपछि चिनी खराब भइरहेको मजुदरको भनाइ छ ।
चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने गरेको छ । सरकारले चिनीमा भन्सार बढाउँदासमेत भारतबाट चिनी आउने क्रम नरोकिएपछि सरकारले भदौ ३१ गतेदेखि कोटा प्रणाली लगाएको थियो । फलस्वरुप असोज १ गतेदेखि कुनै पनि भन्सार नाकाबाट चिनी नेपाल भित्रिएको छैन ।
सरकारले चिनी आयातमा रोक लगाएपछि यहाँका उपभोक्ता भारतीय चिनी प्रति केजी रु ७० का दरले किन्न बाध्य छन् । सुख्खा बन्दरगाहमा रोकिएको चिनी हालसम्म बजारमा आउन नसक्दा भारतबाट तस्करी गरी ल्याएको चिनी महङ्गो दरमा उपभोक्ता किन्ने गरेका छन् ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












