ताजा समाचार

टी-२० सिरिज जितेर फर्केको क्रिकेट टोलीलाई खुमलटारमा प्रचण्डले गरे स्वागत, आइसिसिको १४ आैं वरियतामा उक्लियो नेपाल !

काठमाडाैं । नेपल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युएईमा टी-ट्वान्टी क्रिकेटको पहिलो सिरिज जितेर फर्केको नेपाली टोलीलाई आफ्नै निवासमा बोलाएर बधाइ तथा सम्मान व्यक्त गरेका छन् ।

प्रचण्डले आफ्नो निवास खुमलटारमा बोलाएर क्रिकेट टोलीलाई बधाई तथा सुभकामना दिने क्रममा भने, देशको नाम खेलकुद मार्फत उच्च राख्न सफल भएकोमा गाैरवाम्बित बनेको छु । नेपालको हितलाई सर्वोपरि ठानेर यसरी नै काम गर्दै जानु होला मेरो शुभकामना छ ।

नेपालको क्रिकेटले सबै नेपालीलाई एकताबद्द गर्नमा ठुलो भुमिका खेलेको भन्दै टोलीले सधै यस्तै स्परिडमा काम गरोस भन्ने चाहेको समेत जनाए । नेपाल आइसिसिको वरियतामा समेत १४ आै स्थान उक्लेको कुराले निकै हर्षित बनाएको छ । प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डको निवासमा पुगेका नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले समेत देशको नाम राख्न आफुले सकेको गर्ने भन्दै सम्पूर्ण देशवासीको माया र सद्भावले युइएमा पहिलो सिरिज जित्न सफल भएको जनाए ।

आइसिसिले जारी गरेको टी-२० वरियतामा नेपाल १४ औं स्थानमा उक्लिएको छ । भर्खरै युएईसँगको टी-२० श्रृंखला २-१ ले जितेको नेपाल १४ औं स्थानमा रहन सफल भएको हो । ७ टी-२० खेलेको नेपालकाे तीन सय तीन पोइन्ट्स रहेको छ भने नेपालले ४३ रेटिङ पाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org