ताजा समाचार

नेपाली क्रिकेट टोलीका प्रत्येक सदस्यलाई ५ लाख दिने सरकारको घोषणा

हिजो बसेको मन्त्रीपरिषद् बैठकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई जनही ५ लाख दिने निर्णय गरेको छ।

युएईविरुद्धको टि–२० र एक दिवसीय सिरिज जितेर आएका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिएर सम्मान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले खेलाडीलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org