जम्मु कास्मिर विवाद संयुक्त राष्ट्रसङ्घीय प्रस्तावअनुरुप समाधान हुनुपर्नेमा जोड
काठमाडौँ । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले जम्मु कास्मिर विवाद संयुक्त राष्ट्रसङ्घीय प्रस्तावअनुरुप समाधान हुनुपर्नेमा जोड दिएका छन् ।
पाकिस्तानी दूतावासद्वारा आयोजना गरिएको ‘जम्मु कास्मिर विवाद र क्षेत्रीय स्थायित्व’ विषयक प्रवचनमा उहाँले कास्मिरका जनताको भावनाबमोजिम जनमत सङ्ग्रह हुनुपर्ने राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयनमा जोड दिए ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रीय प्रगति र समृद्धिका निम्ति अपरिहार्य छ भन्दै त्यसलाई गति दिन आफ्नो देश प्रतिबद्ध रहेको बताउनुभयो । क्षेत्रीय शान्ति र स्थायित्वले समग्र दक्षिण एशियामा प्रभाव परेको उनको कथन थियो ।
वरिष्ठ पत्रकार राजन कार्कीले सरकारका कुनै पनि मुलुक मानवअधिकार उल्लङ्घनका घटनाबाट मुक्त हुनुपर्ने बताउँदै कास्मिर समस्या संयुक्त राष्ट्रसङ्घकै प्रस्तावअनुरुप हुनु आवश्यक भएको उल्लेख गरे ।
पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले गरेको बाचाबमोजिम कास्मिरी जनताका आकांक्षा सम्बोधन हुनुपर्ने बताउए । हरेक वर्ष आजकै दिन पाकिस्तानले विश्वभर ऐक्यबद्धता दिवस मनाउँदै आएको छ । यसै सन्दर्भमा उक्त दिवस आज यहाँ आयोजना गरिएको हो ।
Comments
अरु समाचार
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...