ताजा समाचार

सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र एक सदस्यले दिए राजीनामा

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद सकिनु तीन दिन अगाडी आयोगका अध्यक्ष र एकजना सदस्यले राजीनामा दिएका छन् ।

माघ २६ गते म्याद सकिनु अगाडी नै अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लीला उदासीले राजीनामा दिएका हुन् ।

संक्रमणकालीन न्यायका लागि बनेका आयोगहरुको पटकपटक म्याद थपिँदै आएको छ। आवश्यक कानुन निर्माण नभएको अवस्थामा द्वन्द्वकालीन मुद्दामा न्याय दिन नसकिने भन्दै उनीहरुले राजीनामा दिएका हुन्। माघ २७ देखि लागू हुनेगरी राजीनामा आयोगमा पेस गरिएको छ।

२०७१ माघमा गठन भएका आयोगहरुको म्याद थप एक वर्ष थप्ने निर्णय सरकारले गरिसेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org