ताजा समाचार

निर्मलाका हत्यारा बालुवाटार वा सिंहदरबार जहाँ रहे पनि छोडिन्न्ः गृहमन्त्री

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज गृहमन्त्री रामबहादुर थापाले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन् । सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा थापाले निर्मलाका हत्यारा बालुवाटार वा सिंहदरबार जहाँ रहे पनि नछाडिने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री थापाले यो प्रकरणमा सरकार गम्भीर भएर अनुसन्धान गरिरहेको बताए । नेपाली कांग्रेस सांसद डिला संग्रौलाले पन्तको हत्यारा बालुवाटार वा सिंहदरबारको कुर्सीमा वा कहाँ छ भनेर जवाफ मागेपछि गृहमन्त्री थापाले यस्तो जवाफ दिएका हुन् ।

गृहमन्त्री थापाले अपराधीलाई राज्यले छुट नदिने भन्दै जहाँ भए पनि कानुनको कठघरामा ल्याएरै छाड्ने पनि प्रतिवद्धता व्यक्त गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org