ताजा समाचार

विज्ञान भन्छ- एकल भन्दा कसिलो वैवाहिक जीवन वेश, कारण यस्ता छन् !

काठमाडाैं । अहिले सामाजिक सञजाल फेसबुकमा एउटा समाचार निकै भाइरल बनिरहेको छ । त्यो हो, ‘विज्ञान भन्छ वैवाहिक जीवन भन्दा एकल जीवन वेश’ । भन्ने शिर्षकको समाचार ।

तर, विज्ञानका अनुसार यस्तो नभएर श्रीमान श्रीमति भनेको एकअर्काका लागि नभइ नहुने चिज हुन् । विज्ञानले दिएका आधारहरु यस्ता छन् ।

जव जोडी खुलेर कुनै पनि विषयमा बहस गर्छन त्यो सबैभन्दा फलदायी र उपयोगी सावित भएको छ । मान्छेमा विभिन्न किसिमका सोचाइहरु आइराख्ने हुनाले उनीहरुबीच अन्तरंग कुराकानीहरु सेयर हुने हुनाले मानिसलाई त्यसले हलुङगो महशुस गराउछ ।

उदाहरणका लागि चर्चित दार्शनिक कार्ल मार्क्सको जीवनमा उनकी श्रीमति जेनि मार्क्स हुदैन थिइन भने सायद उनी आज विश्वमा मार्क्स भनेर चिनिदैन थिए । जेनीले उनलाई हरेक दुखमा समेत सघाएकी छन्   आफूले खाना नखाएर होस या सन्तान वियोगको बेला होस ।

यो त केवल एउटा उदाहरण मात्र हो । जसले वैवाहिक जीवनलाई सहज ढंगले निभाउन सक्दै र श्रीमानले श्रीमतिलाई सेक्सको साधनको रुपमा लिन्छ त्यसकालागि भने एकल जीवन नै सुखी हुने वैज्ञानिकहरुको तर्क छ । भने श्रीमतिहरुले समेत उसलाई आर्थिक स्रोत र एस म्यान सोच्दा वैवाहिक सम्बन्ध सहज हुदैन ।

तर, कुनै पनिु व्यक्तिलाई सफलताको सिढी चढ्न उसको परिवार पछि महत्वपूर्ण भुमिका कसैले खेल्न सक्छ भने त्यो उसको जीवन साथी नै हो ।

ख्याल गर्नुहोस्, सम्बन्ध सहज बनाउन सक्ने जोडिहरु संसारमा कति खुशी र सुखी छन् । विज्ञानका अनुसार समेत जीवन भनेको भोग्ने कुरा भएकाले तरिका मिलाएर भोग्यो भने एकल जीवन भन्दा वैवाहिक जीवन नै सफल हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org