ताजा समाचार

देवी प्रसादको शब्दमा नम्रताको ठुम्का ‘कोहिली कराउने’ (भिडियोसहित)

काठमाडाैं । गितकार देवी प्रसाद खनालको शब्द तथा चर्चित लोक गायक खुमन अधिकारीको लयमा ‘कोहिली कराउने’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चल्तिकी गायिका मेलिना राई र खुमन अधिकारीको स्वरमा सार्वजनिक भएको गितमा अभिनेत्री नम्रता सापकोटा र उमङ्ग श्रेष्ठको अभिनय रहेको छ ।

खुमन अधिकारीको उत्कृष्ट लय र देवी प्रसाद खनालको शब्द रहेको गीतको निर्देशन भने बिगत २ दशक लामो निर्देशन पाटो सम्हाल्दै आएका हाल सालको पातको टपरी हुने गीतबाट चर्चामा चुलिएका निर्देशक शिव बिकको रहेको छ ।

शिब फिल्म्सले निर्माण गरेको भिडियोको छायांकन भने शम्भु चालिसेले गरेका हुन्। भिडियो सम्पादन रबिन बिकको रहेको छ भने गीत ओएस आर डिजिटल मार्फत डिजिटल बजारमा आएको छ। छोटो समयमा ११ लाख भन्दा बढी दशकले मन पराएको यो गीतलाइ हेर्नुहोस भिडियो सहित :

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org