विश्वकै ठूलो त्रिशूल भएको स्थानमा महायज्ञ
घोराही । दाङस्थित विश्वकै ठूलो भनिएको त्रिशूल भएको स्थानमा महायज्ञ लाग्ने भएको छ । धार्मिक पर्यटनको हिसाबले निकै चर्चित बनेको घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानी धाममा महायज्ञ लाग्ने भएको हो ।
यहाँ भक्तजनको घुइँचो बढ्न थालेपछि पाण्डवेश्वर मन्दिर धारपानीको पूर्वाधार विकास र बृहत् आध्यात्मिक पर्यापर्यटकीय केन्द्र स्थापनार्थ महायज्ञको आयोजना गर्न थालिएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिए ।
स्वधर्म र स्व संस्कृतिको संरक्षण र विकासका लागि आधुनिक गौशाला निर्माण गर्ने, गुरुकूलको माध्यमबाट आफ्नो प्राचीन संस्कृतिको जगेर्ना तथा वेद वेदाङ्गको पठनपाठन गराउने, पाण्डवेश्वर धार्मिक वनभित्र तपोयोगको विशिष्टता प्रवद्र्धन गर्न ध्यान केन्द्रको स्थापना गराउने, सिङ्गो दाङ उपत्यकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउनका लागि महायज्ञ आयोजना गरिएको अध्यक्ष अधिकारीले बताए ।
यस्तै मन्दिरसम्म पुग्नका लागि बबई नदीमा ड्याम निर्माण गरेर ढुङ्गा तरेर मन्दिर पुग्ने, मन्दिरदेखि माथि अग्लो पहाडमा रहेको भगवतीको मन्दिरसम्म पुग्नका लागि पाँच हजार सिडीसहितको बाटो बनाउनेलगायतका योजना पनि मन्दिर व्यवस्थापन समितिले अगाडि बढाएको छ ।
पछिल्लो समय भक्तजनले सानातिना धेरै पूर्वाधार निर्माण गरेपछि त्यसको एकीकृत व्यवस्थापनका लागि भए पनि मन्दिरलाई रकम आवश्यक परेको उनले जानकारी दिए ।
“हामीले केही समय अघि करीब रु ९० करोडको गुरुयोजना तयार गरेका छौँ,” उनले भने, “गुरुयोजना पूरा गर्नका लागि प्रदेश सरकारबाट रु दुई करोड विनियोजन भएको छ । अन्य रकम हामी आफैँले जुटाउनुपर्ने छ ।” मन्दिरले थालेको दश वर्षीय गुरुयोजनालाई पूरा गर्नको लागि महायज्ञबाट थोरै भए पनि सहयोग मिल्ने उनले आशा व्यक्त गरे ।
उनले महायज्ञको मुख्य उद्देश्य भने पाण्डवेश्वर महादेव मन्दिरको प्रचारप्रसार गर्न र यहाँ पाँचलाख पर्यटक तथा भक्तजन सहभागी गराउने रहेको जानकारी दिए ।
उनले धारपानीलाई जिल्लाका अन्य धार्मिक पीठसँग जोड्ने सर्किटको रुपमा विकास गर्नका लागि पनि महायज्ञ गर्न लागिएको महायज्ञ निर्देशक अमरबहादुर डाँगीले बताए ।
उनले धारापानीलाई देउखुरीको बागरबाबा, धारपानी, गोरक्ष रत्ननाथ मन्दिर हुँदै प्युठानको स्वर्गद्वारी जोड्ने सर्किट बनाउने आफूहरुको योजना रहेको पनि बताए ।
विश्वकै अग्लो त्रिशूल राखिएको पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा आयोजना हुन लागेको महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले श्रीमद्भागवत सप्ताहको कथा वाचन गर्नेछन् ।
महायज्ञ आउँदो फागुन ११ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












