ताजा समाचार

देशका विभिन्न भागमा हिमपात, मनाङको तापक्रम माइनस २० डिग्री पुग्यो

बिहीबार देशका विभिन्न क्षेत्रमा वर्षासँगै हिमपात भइरहेको छ । हिमपातसँगैको वर्षाले विभिन्न हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ ।

हिमपात र बर्षापछि मनाङको तापक्रम घटेर माइनस २० डिग्रीसेल्सियस पुगेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले टंकी मनाङ, खाङ्सार, माथिल्लो मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी लगायतका ठाउँमा हिमपात भएको बताए ।

चामेदेखि तल्लो भागहरु तिमाङ, दानक्यु र बगरछापमा हिमपात रोकिएर बर्षा भैरहेको छ । हिमपातले सरकारी कामकाज ठप्प भएको उनले बताए ।

उता बाजुरामा पनि हिमपात भएको छ । हिमपातस‍ँगै भारी वर्षाले स्थानीय जनताको जीवन कष्टकर बन्दै गएको छ।

हिमपात र भारी वर्षाले गर्दा जिल्लामा अत्याधिक चिसोले गर्दा जनजीवन कष्टकर बनेको छ। चिसोले उच्च हिमाली क्षेत्रका बासीन्दा, बालबालिका र वृद्धवद्धा बढी प्रभावित भएका छन्।

माघ ७ गतेबाट खुल्न नसकेको मार्तडी कोल्टी सडकखण्डमा फेरि हिउँ जमेपछि आवत जावतमा थप समस्या भएको यातायता समितिले जनाएको छ।मंगलबार र बुधबार मौसम सफा भएर सडकमा जमेको हिउँ सफा गर्न डोजर लगाएको थियो।फेरि हिउँ परेपछि समस्या दोहोरिएको बाजुरा जिल्लाका प्रमुख जिल्ला अभिकारी भेतराज बरालले जानकारी दिए।

मौसममा खराब भई बाक्लो हुस्सु र कुहिरोले जिल्लाको पूर्वी उत्तरमा पर्ने कोल्टी एयरपोट पनि बन्द भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org