ताजा समाचार

चट्याङ लागेर २ जनाको मृत्यु

डडेल्धुरा ।

चट्याङ लागेर डडेल्धुरामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भागेश्वर गाउँपालिका–५ सलेताका दशरथ नाथकी २० वर्षीया छोरी सरस्वती नाथ र बझाङको दुर्गाथली गाउँपालिका–७ घर भई अमरगढी नगरपालिका–३ रजोडामा रहेको राजपुर सामुदायिक वन उपभोक्ता समूहको भवनमा सुतिरहेका मजदुर वर्ष ४८ का गोगन दौल्यालको रहेको प्रहरीले जनाएको छ ।

बिहान २ः३० बजेरित सुतिरहेको बेला एक्कसी चट्याङ लागेर सरस्वतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

चट्याङ लागेर सरस्वतीका दुई बहिनी र दुई भाइ घाइते भएका छन्। घाइते हुनेमा १५ वर्षीय देवेन्द्र नाथ, ८ वर्षीय खगेन्द्र नाथ, १४ वर्षीया कल्पना नाथ र १२ वर्षीया शान्ति नाथ रहेका छन्।

उपचारका लागि घाइते चारैजनालाई उपक्षेत्रीय अस्पताल डडेल्धुरा ल्याउने तयारी भइरहेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org