कार दुर्घटनामा परि गम्भिर घाइते भएका ओलीको स्वास्थ्यमा सामान्य सुधार
कार दुर्घटनामा परेका प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । गम्भीर घाइते ओलीको कोहलपुरस्थित शिक्षण अस्पतालको ‘आईसीयु’मा राखेर उपचार भइरहेको छ । उनको उपचारमा खटिनुभएका ‘अर्थोपेडिक’ चिकित्सक दिनेश श्रेष्ठले हिजोको तुलनामा केही सामान्य सुधार आएको बताए ।
“हामीले यहाँ उनको अवस्था बिग्रिन नदिन प्राथमिक उपचार गरिरहेका छौँ, सामान्य सुधार देखिएको छ, थप सुधार आउनासाथ उपचारका लागि अन्यत्र लैजानुपर्दछ”, उनले भने । उनको टाउको, हात, छाती र पेटमा गम्भीर चोट देखिएको छ । डा श्रेष्ठले मुख्य चोट छातीमा लागेकाले पाँच करङ भाँचिएको र पेटमा समेत रगत देखिएको बताए । ओलीलाई अहिले पनि आइसीयु कक्षमा ‘भेन्टिलेटर’मार्फत कृत्रिम श्वासप्रश्वास सञ्चालन गरिएको छ ।
ओलीलाई थप उपचारका लागि गए राति नै भारतको लखनउ लैजान भन्टिलेटरसहितको एम्बुलेन्स मगाए पनि अवस्था गम्भीर भएकाले लैजान नसकिएको उपचारमा खटिनुभएका शिक्षण अस्पतालका स्वास्थ्यकर्मी एवं नेकपाका नेता अब्दुल हुसेन खाँले जानकारी दिए । “हिजो अस्पतालमा ल्याउँदाभन्दा सामान्य सुधार देखिएको छ, तर अवस्था गम्भीर नै छ”, खाँले भने, “चिकित्सकसँग परामर्श गरिरहेका छौँ, केही सुधार आउनासाथ काठमाडौँ वा लखनउ लैजाने तयारी भएको छ ।”
हिजो साँझ करीब साढे पाँच बजे तुलसीपुरबाट वीरगञ्ज जाँदै गरेको ना ५ ख ५५२९ नंको बस र बुटवलबाट तुलसीपुर जाँदै गरेको बा १८ च ६८३६ नंको कार घोराही उपमहानगरपालिका–३ चिसापानी घुम्तीमा कोक्किदा ओली गम्भीर घाइते भएका थिए ।
बसमा सवार रुकुम मुसिकोट गाउँपालिका–२ निवासी ३६ वर्षीय रमिता शर्माको घटनास्थलमै मृत्यु भएको थियो भने प्रदेशसभा सदस्य ओलीसहित १४ घाइते भएका थिए । ओली आफैँले कार चलाएको बुझिाएको छ । दाङको दङ्गीशरण गाउँपालिका–६ लेटार निवासी ओली गत वर्ष भएको प्रदेशसभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं ३ (ख) बाट निर्वाचित भएका थिए ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












