कम्युनिष्ट मुख्यमन्त्री शेरधन राई महाराजबाट प्रभावित, मार्क्स, माओ गायब ?
विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू महाराजको विचार र अवधारणाबाट प्रभावित भएको भन्दै धार्मिक नेताको जस्तै रवैया देखाएका छन् ।
जात, धर्म मानिसले जन्मदै लिएर आएको हुँदैन तर यसले हामीलाई गाँजेर मानव सभ्यता भन्दा टाढा लान खोज्छ भन्दै प्रशिक्षण दिने लिने मुख्यमन्त्री राई स्वयं महाराजबाट प्रभावित भएको भन्दा जो कोहि कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आश्चार्यमा पर्न सक्छ ।
तर, राईले प्रदेश १ लाई हरित बनाउने भन्दै चलाएको अभियानको उद्घाटन गर्दै कृष्णदासजी महाराजको विचारबाट प्रभावित भएको जनाएपछि कम्युनिष्ट विचारको मार्ग निर्देशक सिद्धान्तलाई समेत लात हानेको भन्दै उनको ालोचना सुरु भएको छ ।
सुनसरीको चतरामा शनिबार राष्ट्रपतिद्वारा उदघाटिक महायज्ञमा सहभागी बनेका मुख्यमन्त्री राईले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीका लागि हरित अभियान सञ्चालन गर्न तयार भएर यो प्रदेशलाई आधार बनाउने उहाँ (कृष्णदासजी महाराज) हाम्रा लागि गौरवपूर्ण व्यक्तित्व हुनुहुन्छ ।’
राष्ट्रपति विद्यादेवी भण्डारी कृष्णदासजी महाराजको संस्था जगदगुरु श्री रामानन्दाचार्य सेवा पीठले आयोजना गरेको श्रीराम तारक ब्रम्ह महायज्ञको उदघाटन गर्न शनिबार चतरा पुगेकी थिइन् ।
सोही अवसरमा प्रदेश १ सरकारले कृष्णदासजी महाराजको अगुवाईमा हरित अभियानको घोषणा गरेको छ । महायज्ञ उदघाटनपछि राष्ट्रपतिको उपस्थितिमा मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को हरित अभियानको शुभारम्भ भएको घोषणा गरे ।
दासबाट आफू व्यक्तिगतरुपमा पनि प्रभावित भएको बताउँदै मुख्यमन्त्री राईले सम्बोधनकै क्रममा संकल्प वाचन गर्न कृष्णदासजी महाराजलाई आग्रह गरे ।
‘आत्मनिर्भर प्रदेश बनाउने’ भन्दै शुभारम्भ गरिएको अभियानको उदघाटन कार्यक्रममा मुख्यमन्त्री राईले भने ‘समय समयमा उहाँ (महाराज) सँग भएको सम्वाद, अन्तरक्रियाबाट हामी प्रभावित भएर उहाँका विचार र अवधारणालाई समाहित गर्ने सरकारको निर्णयबमोजिम आत्मनिर्भर अर्थतन्त्रका लागि हरित अभियानको घोषणा गर्दछु ।’
Comments
अरु समाचार
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव
धनकुटा, ५ वैशाख: पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव...
-
इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम सुरु
काठमाडौं । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुयाउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ...
-
दमकस्थित लाइफलाइन अस्पतालको भवनमा आगलागी
२८ चैत, दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल...
-
सुहाङले इलाम-२ मा ५ हजार मत अन्तरले जित्ने दावी
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि...