दाङमा ५७ हजार हेक्टर जमीन सिञ्चित गरिँदै
घोराही । दाङ समथर भूभाग भएको क्षेत्र भए पनि सिँचाइको सही व्यवस्थापन हुन नसक्दा अधिकांश जमीन बाँझै छन् । धेरैजसो जमीन आकाशे पानीको भरमा खेती भइरहेको छ ।
सिँचाइको अभाव हटाउन जिल्लामा पछिल्लो समय बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाअन्तर्गत करीब ५७ हजार हेक्टर जमीन सिञ्चित गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ । दुई वर्ष अघि स्थापना भएको आयोजनाअन्तर्गत हाल सानाखालका पोखरी तथा लिफ्ट सिँचाइ आयोजना सञ्चालनमा ल्याई सिँचाइको काम थालेको छ ।
प्रशस्त खेतीयोग्य जमीन भए पनि सिँचाइको अभावले जमीन बाँझै रहने स्थिति देखिएपछि जिल्लामा आयोजनाको काम थालिएको हो । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन तहमा आयोजनाको सञ्चालन गरिएको आयोजना कार्यालयका प्रमुख रमेशप्रसाद शर्माले जानकारी दिए ।
सानाखालका आयोजना हाल कार्यान्वयन भइरहेको र दीर्घकालीन आयोजनाका रूपमा लिइएको शारदा–दाङ र माडी–दाङ डाइभर्सनको प्रारम्भिक अध्ययन सम्पन्न गरी कार्यान्वयनको प्रक्रिया अघि बढिरहेको शर्माले जानकारी दिए ।
सञ्चालनमा ल्याइएका सबै आयोजना सम्पन्न भए केही वर्षभित्रै जिल्लाको करीब ५७ हजार हेक्टर जमीन सिञ्चित गर्न सकिने छ । माडी–दाङ डाइभर्सन योजनाबाट मात्रै दाङमा ४० हजार हेक्टर जमीन सिञ्चित गर्न सकिने प्रमुख शर्माले बताए । माडी–दाङ डाइभर्सनका लागि २५ किलोमिटर सुरुङ खनेर दाङमा पानी झारिनेछ । यस्तै माडी नदीको मुहान भएको रोल्पा नगरपालिका–५ स्थित पुरन गाउँमा बाँध निर्माण गरी १५० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको पनि शर्माले जानकारी दिए ।
सन् २००८ मा पहिलोपटक अध्ययन गरिएको माडी–दाङ डाइभर्सन योजनाको कामलाई हाल सरकारले प्राथमिकतामा राखेर अघि बढाइरहेको उनले बताए । यस्तै सल्यानको शारदा नदी र दाङलाई जोडेर शारदा–दाङ डाइभर्सनअन्तर्गत पनि १० हजार हेक्टर जमीनलाई सिञ्चित गर्ने गरी प्रारम्भिक अध्ययनको काम भइरहेको कार्यालयका सूचना अधिकारी मदनप्रसाद शाहले जानकारी दिए ।
जिल्लामा करीब ५७ हजार हेक्टर जमीनमा सिँचाइ अपुग रहेको सिँचाइ आयोजनाले जानकारी दिएको छ । वर्षाको पानी तथा जिल्लाका विभिन्न स्थानका खोलाबाट करीब आठ हजार हेक्टर जमीनमा मात्र सिँचाइ हुँदै आएको प्रमुख शर्माले बताए । “खेतीको प्रशस्त सम्भावना हुँदाहुँदै पनि सिँचाइको अभावले वर्षाको पानीलाई कुर्नपर्ने अवस्था दाङमा देखियो”, शर्माले भने, “यी तीनै तहका रणनीतिक योजना कार्यान्वयनमा आए समग्र जिल्लालाई सिञ्चित गर्न सकिने लक्ष्य राखेर बृहत् सिँचाइ आयोजनाले काम गर्दै आएको छ ।
जिल्लामा अल्प र मध्यकालीन योजनाअन्तर्गत हाल लिफ्ट सिँचाइ आयोजना तथा पोखरीको निर्माण कार्य जारी रहेको छ । गत आर्थिक वर्षमा दाङको बबई गाउँपालिका–३ धनवास, सोही ठाउँकै मृगोखोला र राणाखोला, शान्तिनगर गाउँपालिका–१ ज्यामिरेमा, २ को पेदामा, २ कै दाउन्ने खोला, शान्तिनगर ३ को केराघारीमा, तुलसीपुर उपमहानगरपालिका–१ को चिसाखानी पोखरी, ३ को थापापानी, ३ कै राम्री तथा सोही वडाकै खमारी, ४ को बाँयाखोला, १९ को स्यालापानीमा पोखरी निर्माणको कार्य पूरा भएको कार्यालय प्रमुख शर्माले जानकारी दिए । चालु आवमा पनि नौ स्थानमा पोखरी निर्माण गरिने कार्यालयले जानकारी दिएको छ ।
यस्तै मध्यकालीन योजनाअन्तर्गत जिल्लाका १४ स्थानमा लिफ्ट सिँचाइ आयोजना सञ्चालनमा ल्याइने भएको छ । जिल्लाको पहाडी क्षेत्रमा मध्यमस्तरका बाँध निर्माण गरी विद्युत् र सौर्य प्रणालीबाट पानी वितरण गर्ने गरी लिफ्ट सिँचाइ आयोजना सञ्चालन गर्न थालिएको हो । जसअन्तर्गत गत आवबाट नौ वटा लिफ्ट सिँचाइ योजनाको काम शुरु भई हाल सम्पन्न हुने चरणमा रहेको छ भने यस वर्ष पाँच वटाका लागि बोलपत्र आह्वान गरिएको छ । बबई गाउँपालिका–७ ढोलपुर, तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरी, घोराही उपमहानगरपालिका–९, तुलसीपुर उपमहानगरपालिका–१७ र घोराही उपमहानगरपालिका–७ मा लिफ्ट सिँचाइ आयोजना सञ्चालन गर्ने गरी बेलपत्र आह्वान गरिएको छ ।
यस्तै जिल्लाका तीन स्थानमा वर्षाको पानी जम्मा गरी सिँचाइको व्यवस्था गर्ने गरी पनि बाँध निर्माणको काम पनि अघि बढाइएको छ । तुलसीपुर उपमहानगरपालिकाको रानीखोला र ग्वारखोला एवं घोराही उपमहानगरपालिकाको बालिमखोलामा बर्खाको पानी जम्मा गर्न बृहत् बाँध निर्माण गर्ने गरी प्रारम्भिक अध्ययनको काम सकिएको आयोजनाका प्रमुख शर्माले जानकारी दिए ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












