ताजा समाचार

दुर्घटनामा एकको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ गौरीघाटको मैंजुबहालस्थित सडकमा आज बिहान मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–७ गौरीघाट मैंजुबहालका २४ वर्षीय पारस थपलिया रहेको छ । बा ६८ प १०७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटनामा भई गम्भीर घाइते भएका थपलियाको दीर्घायु अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–३० रातोपुल बस्ने इन्दिरा ढकालको घरबाट आज बिहान अन्दाजी एक तोला सुन, १५० तोला चाँदी र नगद रु ३० हजार गरी करिब रु दुई लाख ५० हजार बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्न व्यक्ति फरार रहेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org