प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन प्रस्ताव पारित
विराटनगर । प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भनी प्रस्ताव पारित भएको छ ।
प्रदेशसभा नियमावली, २०७४ को नियम २०२ (३) बमोजिम प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले दर्ता गराउनुभएको सो संशोधन प्रस्तावको समर्थकमा प्रदेशसभा सदस्य शिवनारायण गुरागार्ईं रहेका छन् ।
‘प्रदेश भवन सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक–२०७५’ सदनमा विचार गरियोस् भनी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ ९१० बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेश गरेका थिए ।
मन्त्री कार्कीले शून्य समयमा प्रदेशसभाका सदस्यले उठाउनु भएका विषयमा जवाफ दिँदै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि र लागुऔषध ओसारपसारलाई नियन्त्रण गर्न भ्याएसम्मको जनशक्ति परिचालन गरिसकेको जानकारी दिए ।
उहाँले टिपर सञ्चालनलाई व्यवस्थित गरी नियमन गर्ने बताउँदै आक्रोश र भिडन्तले समस्या समाधान नहुने र यसका लागि वार्ता नै उपयुक्त हो भने । प्रदेश नं १ मा रहेका करिव १०० नदी तथा खहरे खोलालाई नियन्त्रण गर्न प्रदेश सरकार आवश्यक गृहकार्यमा जुटेको बताउँदै मन्त्री कार्कीले मापदण्ड विपरीत नदी उत्खन्न कार्यलाई पूर्ण रुपमा रोक लगाउने कुरामा जोड दिए ।
प्रदेशसभाको अर्को बैठक फागुन २ गते दिउँसो १ बजे बस्नेछ ।
Comments
अरु समाचार
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...
-
गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा
काठमाडौं । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै आजदेखि...
-
विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्वका नेताहरू भेला हुँदै
काठमाडौं । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्वका...
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच...
-
विपीन जोशीको रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग परराष्ट्रमन्त्री डा. राणाको आग्रह
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको...