स्थानीय तहमा २९ हजार सहकारी हस्तान्तरण
काठमाडौँ । सरकारले करीब २९ हजार सहकारी संस्था र त्यसको व्यवस्थापन प्रणाली स्थानीय तह एवं प्रदेश सरकारमा हस्तान्तरण गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी क्षेत्रको विकासमा आवश्यक नीति, नियम निर्माणलगायत विषयमा सहयोग गर्ने स्थानीय तहमा सहकारीको गतिविधिलाई सक्रिय बनाउने नीति अवलम्बन गरेको छ ।
देशभर हाल ३४ हजार ५१२ प्रारम्भिक सहकारी संस्था छन् । समाजमा छरिएर रहेको स–साना रकमलाई एकीकृत तथा बचत गर्न लगाई पूँजी निर्माण र उत्पादनशील क्षेत्रमा लगानी गर्ने कार्यमा सहकारी क्षेत्रले योगदान गरेको छ । सहकारी क्षेत्रको विकासका लाीग मन्त्रालयले विभिन्न तालीम, प्रशिक्षण तथा सूचना उपलब्ध गराउँदै आएको छ ।
सहकारी संस्था सञ्चालन, नियमन एवं प्रवद्र्धनका लागि नमूना कानून, दिग्दर्शन निर्माण गरिएको स्थानीय तह र प्रादेशिक सरकारलाई अभिमुखीकरण एवं क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको सचिव गोपिनाथ मैनालीले जानकारी दिए ।
मुलुकको विकास र समृद्धिका लागि सरकारी, निजी र सहकारी क्षेत्र गरी तीन खम्बे अर्थनीतिलाई आधार बनाउन खोजिएको छ । हिमाल, पहाड, तराईका विकट भू–भाग, ग्रामीण तथा सहरी क्षेत्रमा उत्पादनकर्ता कृषक तथा उपभोक्तालाई लक्षित गरी धेरै सहकारी स्थापना भएको पाइन्छ ।
विसं २०१३ देखि सहकारी क्षेत्रले आर्थिक विकासका लागि कार्य गर्दै आएको छ । यस क्षेत्रले उन्नतजातका स्तरीय बिउबिजन, रासयनिक मलखाद, किटनासक औषधीहरू, कृषि औजारहरू सहुलियतपूर्ण ब्याजदरमा अनुदान स्थानीय तहमा उपलब्ध गराइने छ । सहकारी क्षेत्रको माध्यमबाट देशभर निस्कृय पूँजीलाई बचत गरी वित्तीय पहुँच नपुगेकालाई विभिन्न वस्तु उत्पादनमा सहयोग तथा सेवा प्रदान भइरहेको मन्त्रालयले जनाएको छ ।
सहकारी बजार विस्तारमार्फत गरिबी निवारण कार्यक्रमसमेत मन्त्रालयले सञ्चालन गरेको छ । सरकारले राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी) सँगको सहकार्यमा सहकारी बजार विकास कार्यक्रम (सीएमडिपी) सञ्चालनमा ल्याएको छ ।
यसबाट काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रका छ जिल्लाका १८ गाउँ पालिकाका ७२ उत्पादन क्षेत्रलाई सहकारीमार्फत आबद्ध गरेको छ । त्यसबाट १४ हजार ४०० कृषक परिवारलाई काठमाडौँको बजारसँग प्रत्यक्ष सम्बन्ध स्थापना गरिएको छ । जसबाट आगामी दिनमा उपभोक्ता र उत्पादक दुवै पक्ष प्रत्यक्ष लाभान्वित हुनेछन् ।
यस क्षेत्रले देशभर रु दुई खरब भन्दा बढी निक्षेप सङ्कलन गरेको छ । समूहको वित्तीय सुरक्षा दिने तथा उनीहरुलाई लगानीको वातावरणको प्रबन्ध गर्ने उद्देश्यले सहकारी दर्ता हुने गरेको पाइन्छ । विश्वमा सहकारीको अवधारणा सन् १८४४ मा बेलायतबाट शुरु भएको इतिहास छ । सन् १८९५ सम्ममा सहकारीको यो अवधारणा विश्वका १४ मुलुकमा विस्तार भएको थियो ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












