पार्टी सभापति देउवालेनै गर्ने भए नेविसंघको तदर्थ समिति गठन
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनको जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई नै दिइएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको बैठकपछि जारी विज्ञप्ति अनुसार, सभापति देउवाले आवश्यक परामर्श गरी तदर्थ समिति गठन गर्ने जिम्मा दिइएको छ।
विधान अनुसार दुई वर्षको कार्यकालभित्र मात्र होइन त्यसपछि थपिएको पाँच महिनाभित्र समेत निवर्तमान सभापति नैनसिंह महर नेतृत्वको समितिले अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्न नसकेपछि उक्त समिति मंगलबारको बैठकले स्वत विघटन भएको घोषणा गर्दै उनले पछिल्लो समय गरेका सबै निर्णय खारेज गरेको थियो।
महरले राजीनामा बुझाए लगत्तै देशभरीका विभिन्न जिल्लामा मनपरी जिल्ला सभापति र पदाधिकारीदेखि सदस्यहरुको मनोनयन गरेको पत्र पठाएको सार्वजनिक भएपछि हिँजोको पार्टी बैठकमा उनले गरेका त्यी निर्णय खारेज गर्दै एकप्रकारले उनीमाथि दण्ड गरेको थियो। आजको बैठकमा पनि केहि केन्द्रीय सदस्यहरुले अनुशासन विपरित कार्य गर्ने महरमाथि कारबाहीको माग पनि गरेका थिए।
यसैबीच नेविसंघको तदर्थ समिति गठनमा नेताहरुबीच स्वार्थ बाझिएपछि तत्काल निकास निस्कने सम्भावना क्षिण बन्दै गएको छ। एकथरीले आसन्न स्ववियू निर्वाचन र महाधिवेशन सम्पन्न गर्न ३२ माथिकै केहि नेताहरु समेटेर तदर्थ समिति बनाउन नेतृत्वलाई सुझाव दिएका छन् भने कतिपयले संघको नयाँ विधान वमोजिम ३२ मुनिकै विद्याथीमध्येबाट समिति बनाउन जोड दिइरहेका छन्।
सभापति देउवाले कुन पक्षको कुराबाट प्रभावित भएर कुन नेता निकट विद्यार्थीलाई संघको नेतृत्व सुम्पिने हुन त्यो सार्वजनिक हुन बाँकी नै छ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












