अब देशका युवा बेरोजगार बस्नु पर्दैन: मन्त्री विश्वकर्मा
भक्तपुर । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले देशमा अब कोही पनि युवा बेरोजगार भएर बस्नु नपर्ने बताएका छन् ।उनुभएको छ ।
आज भक्तपुरको राधेराधेस्थित श्यामाश्यामाधाममा डिभाइन युथ क्लब नेपालले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको तीन दिवसीय राष्ट्रिय युथ स्प्रीच्युबल ह्यापिनेस क्याम्पमा उनले भने, “रोजगारीका लागि युवालाई विदेश पलायन हुनबाट रोक्नु अपरिहार्य रहेको छ, त्यसैले सरकारले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेको छ, अब हाम्रो देशमा युवा बेरोजगार भएर बस्नु पर्दैन ।”
युवालाई आध्यात्मिक चिन्तनबाट सकारात्मक धारणा अभिवृद्धि गरी समाज रुपान्तरण गर्ने कार्यका लागि अभिप्रेरित गर्नु आवश्यक रहेको उनले बताए ।
युवाको काँधमा मुलुक परिवर्तन गर्ने जिम्मेवारी आएको बताउँदै उहाँले युवालाई सकारात्मक बाटोमा लाग्न प्रेरणा दिने कार्यक्रम अघि सार्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईं, गैसस महासङ्घका केन्द्रीय सदस्य बालमुकुन्द सुवाल, डिभाइन युथ क्लब नेपालका अध्यक्ष उद्धवराज पाण्डेलगायतले बालबालिकालाई सानैदेखि सामाजिक एवं मानव कल्याणका क्षेत्रमा लाग्न श्यामाश्यामाधाम एवं डिभाइन युथ क्लबले देशव्यापीरूपमा महत्वपूर्ण कार्य गर्दै आएको चर्चा गरे ।
देशभरबाट युवाको सहभागिता रही तीन दिनसम्म चल्ने क्याम्पमा सीपमूलक प्रशिक्षण, सामाजिक सेवा, प्रादेशिक पहिचान झल्कने सांस्कृतिक कार्यक्रम, युवाका लागि तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षणलगायतका विभिन्न कार्यक्रम सञ्चालन हुने क्लब अध्यक्ष निरज घिमिरे जानकारी दिए ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












