ताजा समाचार

कञ्चनपुरबाट १८ किलो सुन बरामद

प्रहरीले कञ्चनपुरबाट १८ किलो सुन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बासबाट उक्त परिणामको सुन बरामद गरेको हो ।

कैलालीका प्रहरी प्रमुख एसपी आभुषण तिम्सिनाका अनुसार सुनसँगै दुई जनालाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org