स्टाफ नर्स नहुँदा प्रसूति सेवा प्रभावित
बैतडी । विगत तीन महीनादेखि नर्स नहुँदा बैतडी जिल्लामा प्रसुती सेवा प्रभावित हुँदै आएको छ । चार जना स्टाफ नर्सको दरबन्दी भएको जिल्ला अस्पताल गएको कात्तिक महीनादेखि नर्सविहीन छ ।
अस्पतालमा हाल एक जना पनि स्टाफ नर्स नहुँदा प्रसूति सेवा प्रभावित भएको अस्पतालका प्रमुख डा. जगदीशचन्द्र विष्टले जानकारी दिए । जटिल खालको प्रसूति सेवा दिन स्टाफ नर्स तालीम प्राप्त हुन्छन् ।
तर अस्पतालमा एक जना पनि नर्स छैनन् । उनले भने, “गर्भवतीको ‘अल्ट्रासाउण्ड’ सेवा पनि म नभएको बेला ठप्प हुन्छ, अल्ट्रासाउण्ड गर्ने तालीम प्राप्त नर्सको सरुवा भएपछि सेवा दिनै गाह्रो भएको छ ।”
जिल्ला अस्पतालमा जटिलत प्रसूति सेवा पनि उपलब्ध छ अर्थात शल्यक्रिया गरेर बच्चा जन्माउने महिलाहरुको लागि सेवा उपलब्ध छ । तर नर्सको अभावमा सो सेवासमेत प्रभावित हुने गरेको डाक्टर विष्टले बताए ।
उनले भने, “शल्यक्रियाका लागि डाक्टरको सहयोगीका रुपमा स्टाफ नर्सहरुले काम गर्नुहुन्छ । हामी टीम मिलेर शल्यक्रिया गर्ने हो । तर स्टाफ नर्स नै नहुँदा अनमी र म मिलेर शल्यक्रिया गरिरहेका छौँ ।”
डा विष्ट अस्पतालमा नभएको बेला गर्भको अल्ट्रासाउण्ड गर्न पुग्नेहरु रित्तो हात फर्किने गरेका छन् । अल्ट्रासाउण्ड गर्ने तालीम प्राप्त नर्सहरुको सरुवा भएपछि अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएको हो । “डाक्टरहरुको पनि तीन जनाको दरबन्दी हो । तर म एक्लै छु । काम विशेषले बाहिर जाँदा अल्ट्रासाउण्ड सेवा र शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने सेवा पूर्णरुपमा अवरुद्ध हुने गरेको छ । यसले स्थानीयहरुलाई असहज भएको छ ।”
जिल्ला अस्पताल बैतडीमा जटिल प्रसूति सेवा लिन बैतडीका मात्रै नभएर छिमेकी जिल्ला दार्चुलाका विभिन्न स्थानका सेवाग्राही पनि आउने गरेका छन् । जिल्ला अस्पतालमा मात्रै नभएर प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा स्टाफ नर्सको दरबन्दी खाली छ । एक एकजना स्टाफ नर्स भएका दुवै स्वास्थ्य केन्द्रमा स्टाफ नर्स नभएको डा. विष्टले बताए ।
स्टाफ नर्स नहुँदा उपचार सेवा र परामर्श सेवा प्रभावित भएको उहाँले बताउनुभयो । उनले भने, “हामीले विभागलाई स्टाफ नर्स नभएको बारेमा जानकारी गराइसकेका छौँ । तर पदपूर्ति कहिले हुने हो ? केही थाहा छैन ।”
कर्मचारी समायोजनपश्चात स्टाफ नर्स आउनसक्ने अस्पताललले जनाएको छ । जिल्ला अस्पतालमा डाक्टर र नर्सको अभाव हुँदा बैतडीबासीले उपचारका लागि डडेल्धुरा, धनगढी तथा सीमावर्ती भारतीय शहर पिथौरागढ जानुपर्ने बाध्यता छ ।
“स्वास्थ्य सेवालाई स्थानीय तहमा हस्तान्तरण गरेपछि झन् समस्या भएको छ । जताततै कर्मचारीको अभाव छ । सानोतिनो बिरामीका लागि पनि भारतीय शहर जानुको विकल्प छैन ।” दोगडाकेदार–३ श्रीकोटका राम विष्टले भने, “स्थानीयस्तरमा भएका अस्पतालहरुको स्तरोन्नती गरी दरबन्दीअनुसार डाक्टर र नर्सको पूर्ति गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ । नत्र हामीले उपचारका लागि हजारौँ रुपैँया भारतमा तिर्नुपरिरहेको छ ।”
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












