ताजा समाचार

घुस सहित प्रशासकीय अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृतलाई घुस सहित पक्राउ गरेको छ । अख्तियारका अनुसार प्रशासकीय अधिकृत कैलाश मातछेँ श्रेष्ठलाई २५ हजार घुससहित पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेन सम्बन्धी उजुरी मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार टोलीले उनलाई घुससहित पक्राउ गरेको हो।

मातक्षेलाई दरवार स्क्वायर नजिक स्विट होम रेष्टुरेन्ट एण्ड क्याफेबाट नियन्त्रणमा लिएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org